आइतबार, साउन ३१, २०८३

बन्दी कानुमन्त्रीमा नियुक्त, उद्योगको जिम्मेवारी बडूलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी छन्।  प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्तासमेत रहेका बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेपछि बन्दीलाई राष्ट्रपतिले नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। 

मन्त्री बन्दीलाई बिहीबार नै दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म गरेको संसद विघटनविरुद्ध रिट निवेदन दायरदेखि बहससम्मका गतिविधिमा बन्दी सक्रिय बनेका थिए। एमसीसीको व्याख्यात्मक घोषणाको मस्यौदा तयार पार्ने  काममा पनि बन्दी सक्रिय बनेका थिए। 

बन्दी माधवकुमार नेपाल निकट कानुन व्यवसायी मानिन्छन्। उनी गैरसांसद अवस्थामा नै मन्त्री बनेका हुन्। गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ। 

बन्दीलाई कानुनको जिम्मा दिइएपछि हालका कानुनमन्त्रीलाई भने उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको बालुवाटार स्रोतले बताएको छ। प्रधानमन्त्री देउवाले उद्योग मन्त्रालय आफैँसग राखेका थिए।

प्रकाशित: Apr 07, 2022| 13:20 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...