काठमाडौं- मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ। अपरान्ह चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्ति गर्ने बताइएको छ।
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ। निर्वाचन आचारसंहिता तयार भए पनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन।
आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागू हुनेगरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ।