शुक्रबार, माघ २, २०८२

घरमै बसेर लोक सेवाको तयारी : कोठामै ह्वाइट बोर्ड, युट्युबमा कक्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- तुलसीराम ढकाल कामको सिलसिलामा पाल्पा पुगेका थिए । चिया पसलमा गफको क्रममा थाहा पाए, महिलामा लोक सेवा परीक्षाको आकर्षण निकै बढी रहेछ । 

पैसाको अभाव, कामको व्यस्तता र घरायसी समस्या । लोक सेवा तयारीका लागि आफूहरूसँग समय नहुने स्थानीय दुई महिला बताउँदै थिए । ढकाल त्यसअघिदेखि नै लोक सेवा तयारी कक्षामा पढाउँथे । पाल्पाको अनुभवले उनलाई नयाँ 'आइडिया' दियो, महिलाहरूलाई लक्षित गरी युट्युबमा भिडियो अपलोड गर्ने र त्यसैबाट परीक्षाको तयारी गराउने । 

उनलाई पनि दिनहुँ कक्षामा गएर पढाउनुपरेको चित्त बुझेको थिएन । धेरै विद्यार्थी लोक सेवा कक्षाबाहिरै रहेको थाहा पाउँदा उनको मन चिमोट्यो । कक्षामा कोर्स गर्ने हतारो मात्र हुन्छ । युट्युबमा जाँदा दोहोर्‍याई-तेहेर्‍याई पढ्न पाउने उनको दिमागमा आयो । 

कसरी विद्यार्थीलाई मद्दत गर्ने भन्ने प्रश्नले पोल्दै गर्दा उनले 'तुलसीराम ढकाल'को नाममा युट्युब च्यानल खोले । प्रविधिको प्रयोगबाटै विद्यार्थीलाई पढाउने उनको आइडियाले कमाल गर्‍यो । १७ कार्तिक ०६८ मा खोलिएको उनको च्यानलका 'सब्स्क्राइबर' मात्र २५ हजार दुई सय ८६ पुगिसकेका छन् । र, च्यानलका 'भ्युअर्स' १९ लाख ७९ हजार तीन सय ८० पुगिसकेका छन् । 

यसबाट देखिन्छ, मुलुकमा लोक सेवाको तयारी र सरकारी जागिरप्रतिको आकर्षण कति छ भन्ने ।

अब लोक सेवा तयारी गर्नेहरूले कुनै 'इन्स्टिच्युट' धाउनुपर्दैन । घरमा इन्टरनेट भए पुग्छ । मोबाइलबाटै गृहिणीले पनि लोक सेवाको तयारी गर्न सक्छन् ।


घरमै बसेर तयारी

ढकालको प्रयासले अब लोक सेवा तयारी गर्नेहरूले कुनै 'इन्स्टिच्युट' धाउनुपर्दैन । घरमा इन्टरनेट भए पुग्छ । मोबाइलबाटै गृहिणीले पनि लोक सेवाको तयारी गर्न सक्छन् । 

बजारमा यत्रतत्र पाइने सरकारका विभिन्न तहका परीक्षासम्बन्धी पुस्तक सबैको पहुँचमा छैनन् । युट्युबले भने परीक्षाको तयारीलाई सर्वसुलभ बनाएको छ । उनलाई यसका लागि प्रेरणा दिएका थिए, बाबुराम भण्डारी । भण्डारी उनका जेठान हुन् र युट्युब च्यानल बनाउँछन् । 

युट्युब च्यानलमा उनले लोकसेवा तयारी कक्षा, कम्प्युटरसम्बन्धी जानकारी, कम्प्युटर सिक्ने र अन्य आईक्यूसँग सम्बन्धित् भिडियो अपलोड गर्दै आएका छन् । हालसम्म एक सय ८५ वटा भिडियो अपलोड भइसकेका छन्, उनको च्यानलमा । 

उनले पहिलो भिडियो भने १५ पुस ०७३ मा अपलोड गरेका थिए, जुन दुई मिनटको थियो । 

शहरी इलाकामै बस्ने विद्यार्थीहरू पनि सबैले तयारी कक्षा लिन पाएका हुँदैनन् । काम गर्दागर्दै कक्षामा पुग्न उनीहरूलाई सहज हुँदैन । ढकालको प्रयासले पैसा हुने÷नहुने र समय व्यवस्थापन गर्न सक्ने/नसक्ने सबैलाई सहजै तयारी गर्न दिएको छ । 

'व्यस्त रहने विद्यार्थीहरूलाई लक्षित गरेर मसँग रहेको ज्ञान युट््युबमार्फत् बाँड्न खोजेको हुँ,' उनी भन्छन् । 

घरायसी काम र व्यस्तताका कारणले पढाइलाई समय दिन नसक्ने विवाहित महिला उनको प्रयासबाट लाभान्वित बनेका छन् । काम र पढाइका कारण तयारी कक्षामा जान नसक्नेहरूका लागि पनि उनको युट्युब च्यानल उपयोगी बनेको छ । 

घर वा आफूलाई अनुकुल स्थानमा बसेर मोबाइल वा ल्यापटपबाट सजिलै सबै विषय सिक्न सक्ने व्यवस्था ढकालले मिलाइदिएका छन् ।

उनकी श्रीमती पनि उनको कामप्रति दंग छिन् । भिडियो अपलोड गर्न शुरुमा उनले पनि सघाएकी थिइन् । पहिलो पटक अपलोड गरिएको भिडियो श्रीमतीले मोबाइलबाट खिचिदिएकी थिइन् । 

पछिल्ला दिनमा उनले दुर्गम भेगका विद्यार्थीहरूबाट राम्रो 'रेस्पोन्स' पाएका छन् । त्यस्ता विद्यार्थीलाई काठमाडौं आएर लोक सेवा तयारी गर्नु सानोतिनो लडाईं जितेसरह हुन्छ, अझै । 

जुनसुकै जटिल प्रश्नको उत्तर सजिलो तरिकाबाट हल गर्नसक्ने क्षमता उनमा छ । उनको च्यानलमा आईक्यूलाई सजिलै हल गर्न सकिने गरी भिडियोहरू छन् । 

सामान्य ज्ञान, आईक्यू, गणित र कम्प्युटर विषयमा उनी पोख्त छन् । आफ्नै कोेठामा रहेको 'ह्वाइट बोर्ड'मा प्रश्न हल गर्दै भिडियो बनाउने गर्छन् । शुरुमा श्रीमतीलाई भिडियो खिच्न लगाएका उनी अहिले भने 'स्ट्यान्ड'को मद्दतले एक्लै भिडियो बनाउँछन् अनि आफैं सम्पादन गर्छन् । 

गुल्मीको सत्यवती गाउँपालिका-६ अरुंगा बजारका स्थायी बासिन्दा हुन्, उनी । केही समय काठमाडौं बाँसबारीस्थित रिपुमर्दिनी सैनिक माविमा 'कम्प्युटर साइन्स'का शिक्षक पनि हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...