आइतबार, साउन ३१, २०८३

अन्तत: गठबन्धन गर्ने निष्कर्षमा पुगे शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि अन्तत: गठबन्धन गर्ने निष्कर्षमा पुगेका छन्। कांग्रेस केन्द्रीय सदस्य कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताएका हुन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि अन्तत: गठबन्धन गर्ने निष्कर्षमा पुगेका छन्। कांग्रेस केन्द्रीय सदस्य कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताएका हुन्। 

यसअघि पार्टीले स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच तालमेल गर्ने निर्णय गरे पनि नेता कोइरालाले भने कांग्रेसका मतदाताले हसियाँ हथौडामा भोट हाल्न नहुने तर्क गर्दै आएका थिए। 

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको कन्द्रीय समितिको निर्णय एवं क्षेत्रीय र जिल्लाको सुझावअनुसार तालमेल हुने स्पष्ट पारेका हुन्। नेता कोइरालाले निर्वाचन परिचालन कमिटी र केन्द्रीय कमिटीले उम्मेदवार चयन गर्ने सहमति भएको बताए। 

उनले पार्टी सभापति शेरबहादुर देउवासँग उम्मेदवार छनोट गर्न भएको सहमति सुन्दर पक्ष भएको भन्दै सुझबुझका साथ लिएको निर्णयले पार्टीमा उपलब्धि हासिल हुने जिकिर गरे। एक प्रश्नको जवाफमा नेता कोइरालाले नेविसंघ र तरुण दलको सभापति नियुक्ति गर्नु पार्टी  सभापतिको अधिकार भएको र त्यसमा कुनै विरोध नरहेको बताएका छन्। 

मुलुकको अर्थतन्त्र जोगाउन विलाशिताको सामानलगायत सुपारी, मरिच, मटर र छोकडाको आयात बन्द गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: Apr 06, 2022| 22:40 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...