आइतबार, साउन ३१, २०८३

बुटवलमा ओलीको पुत्ला दहन

नेपाल मगर संघ रुपन्देहीले ओलीको अभिव्यक्तिले प्रथम सहिद लखन थापाको अपमान भएको भन्दै पुत्ला दहन गरेको हो। पुत्ला दहन अघि मंगलबार पत्रकार सम्मेलन गर्दै संघले ओलीको उक्त अभिव्यक्ति फिर्ताको मागसमेत गरेको थियो।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

बुटवल- नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको पुत्ला दहन भएको छ। प्रथम सहिद लखन थापा नभएर वाकाविर भएको अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा बुटवलमा ओलीको पुत्ला दहन गरिएको हो।

नेपाल मगर संघ रुपन्देहीले ओलीको अभिव्यक्तिले प्रथम सहिद लखन थापाको अपमान भएको भन्दै पुत्ला दहन गरेको हो। पुत्ला दहन अघि मंगलबार पत्रकार सम्मेलन गर्दै संघले ओलीको उक्त अभिव्यक्ति फिर्ताको मागसमेत गरेको थियो। 

बुटवलको राजमार्ग चौराहामा पुत्ला दहन गर्नुअघि आयोजित विरोधसभामा ओलीविरुद्ध नाराबाजीसमेत भएको थियो। संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आलेले प्रथम सहिद लखन थापाको अपमान गरेर इतिहासमा नभएका पात्रलाई अगाडि सारेर ओलीले भ्रम छरेको आरोप लगाए। 

सभामा संघ रुपन्देही सचिव थर्कबहादुर बाह्रघरे, सोनु थापा लगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी नमागेसम्म चरणवद्ध आन्दोलन जारी रहने बताए। 

२०७२ असोज ३ गते तत्कालीन मन्त्रिपरिषदले निर्णय गरी लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरेको थियो। तथ्य र इतिहासलाई खण्डन गर्ने गरी ओलीले दिएको अभिव्यक्तिले थापा र आम मगर समुदायको अपमान गरेको मगर संघले ठहर गरेको छ।

प्रकाशित: Apr 06, 2022| 19:39 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...