आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बार निर्वाचन : अध्यक्षमा लोकतान्त्रिक-प्रगतिशीलका घिमिरेको फराकिलो अग्रता

बार निर्वाचन : अध्यक्षमा लोकतान्त्रिक-प्रगतिशीलका घिमिरेको फराकिलो अग्रता

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको जारी मतगणनामा लोतान्त्रिक समूहका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अध्यक्षमा फराकिलो अग्रता बनाएका छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक-प्रगतिशील समूहका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अध्यक्षमा फराकिलो अग्रता बनाएका छन्। 

घिमिरेले अर्का प्रत्यासी विष्णुमणि अधिकारीको भन्दा झन्डै दोब्बर मतले अग्रता लिए निर्वाचन अधिकृत सानुभाइ शाक्यले जानकारी दिएका छन्। उनका अनुसार एक हजार ६ सयभन्दा बढी मत गनिँदा अध्यक्षमा घिमिरेले १ हजार ५३ मत ल्याएका छन्। उनकै समूहकी महासचिव अन्जिता खनालले ९ सय ६० मत प्राप्त गरेकी छन्। 

प्रगतिशीलतर्फबाट अध्यक्षका उम्मेदवार अधिकारीले ५ सय ५३ र महासचिवका उम्मेदवार केदार कोइरालाले ६ सय ५७ मत प्राप्त गरेका छन्।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट घिमिरे चुनावी मैदानमा उत्रिएका थिए। 

प्रकाशित: Apr 06, 2022| 16:32 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...