आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीलाई लक्षित गर्दै नेपालले भने - गठबन्धन भएपछि विपक्षी बरबराउन थाले

ओलीलाई लक्षित गर्दै नेपालले भने - गठबन्धन भएपछि विपक्षी बरबराउन थाले

कपिलवस्तुको शिवराज नगरपालिका वडा २ मा भएको पार्टी प्रशिक्षण तथा प्रवेश कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनले विपक्षी दल बरबराउन थालेको बताएका हुन्। उनले गठबन्धनका बीच निरन्तर वार्ता र छलफल भइरहेकोसमेत बताएका छन्। वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जहाँ जुन पार्टी बलियो हुन्छ उसैलाई सहयोग गरेर विजय गराउने समेत उनले बताए।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

बुटवल- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पाँच दलीय गठबन्धन कायम हुने भएपछि एमाले अत्तालिएको टिप्पणी गरेका छन्। कपिलवस्तुको शिवराज नगरपालिका वडा २ मा भएको पार्टी प्रशिक्षण तथा प्रवेश कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनले विपक्षी दल बरबराउन थालेको बताएका हुन्। उनले गठबन्धनका बीच निरन्तर वार्ता र छलफल भइरहेकोसमेत बताएका छन्। वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जहाँ जुन पार्टी बलियो हुन्छ उसैलाई सहयोग गरेर विजय गराउने समेत उनले बताए। 

गत निर्वाचनमा जनताले विश्वास गरेर जिताएको पार्टीले संविधान मास्‍ने तथा हावादारी गफ गरेर जनतालाई अलमलाएको आरोप अध्यक्ष नेपालले लगाए। उनले एमालेको सूर्यमा ग्रहण लागेको बताउँदै अब कलममा जनताको विश्वास र भरोसा रहेको बताए। अध्यक्ष नेपालले ६ महिना अघि गठन गरेको पार्टीमा निर्वाचित भएका मेयर र वडा अध्यक्ष दैनिक रूपमा आउनेक्रम बढेको दावी गरे। 

उनले आफू उपप्रधानमन्त्री हुँदा एक सय रुपैयाँवाट सुरु गरेको वृद्ध भत्ता अब मासिक ५ हजार पुर्‍याउने दाबी गरे। ‘२०५१ सालमा म उपप्रधानमन्त्री रहदाँ नयाँ कार्यक्रमको रुपमा बृद्धभत्ता शुरुवात गरेका हौं, नक्कली व्यक्तिले वृद्धा भत्ता आफूले सुरु गरेको भनेर जनतामाझ अफवाह फैलाइरहेका छन,’ उनले भने । 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले केपी ओलीको प्रवृत्तिलाई जनताले अस्वीकार गरेको बताए। उनले अब आउने निर्वाचनबाट ओलीको साइज ठाउँमा आउने जिकिर गरे। 

उक्त तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका नेता डा. मन्जुर खानसहितका नेताहरु प्रवेश गरेको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जिल्ला अध्यक्ष लंका बहादुर हमालले जानकारी दिए। 


प्रकाशित: Apr 05, 2022| 22:30 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...