आइतबार, साउन ३१, २०८३

प्रदीप पौडेलले भने - ओलीका कारण देशको विकास २५ वर्षपछि धकेलियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्षपछि परेको आरोप लगाएका छन्। शंकरदेव क्याम्पसद्वारा मंगलबार आयोजित आर्थिक सबलीकरण, राजनीतिक शुद्धिकरण विषयका विचार गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण मुलुकको विकास २५ वर्ष पछि धकेलिएको बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्षपछि परेको आरोप लगाएका छन्। शंकरदेव क्याम्पसद्वारा मंगलबार आयोजित आर्थिक सबलीकरण, राजनीतिक शुद्धिकरण विषयका विचार गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन। 

'केपी ओलीका कारणले देशको विकास २५ वर्ष पछि पर्‍यो,'उनले भने। अघिल्लो निर्वाचनमा जनताले मत दिएर जिताए पनि केपी ओलीले राजनीतिक व्यवस्थापन गर्न नसक्दा अवसर हुँदाहुँदै पनि देश विकास हुन नसकेको आरोप लगाए। अरुण तेस्रो परियोजना निर्माणको प्रसंग जोड्दै उनले भने, '५१ सालमा एमालेले अरुण तेस्रो परियोजना रोक्यो, त्यो परियोजना नरोकिएको भए ५६ मा सम्पन्‍न हुन्थ्यो। आज हामीले भारतबाट बिजुली किनेर उज्यालो प्राप्त गर्ने स्थिति रहँदैन थियो।' 

कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा कांग्रेसले राजनीतिक शुद्धिकरण र उत्पादनको नीति र योजनासहित जनतामा जानुपर्ने पनि बताएका छन्। देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको र अबको बाटो आर्थिक विकास र गुणस्तर विकासको हुनुपर्ने र त्यसको  नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नुपर्ने उनले बताए। राज्यले दिने हरेक क्षेत्रको सेवा सुविधामा गुणस्तर वृद्धि गर्नुपर्ने उनले बताए। 

प्रकाशित: Apr 05, 2022| 19:11 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...