आइतबार, साउन ३१, २०८३

चुनावी तालमेलको मनिटरिङ गर्ने जिम्मेवारी रामचन्द्र पौडेललाई

आशन्न स्थानीय तह निर्वाचनको मोडालिटी तयार गर्न बसेको पाँच दलीय गठबन्धनको बैठक सकिएको छ।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं– आशन्न स्थानीय तह निर्वाचनको मोडालिटी तयार गर्न बसेको पाँच दलीय गठबन्धनको बैठक सकिएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा चुनावी तालमेल, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र बिग्रँदो अर्थतन्त्रका विषयमा छलफल भएको बताइएको छ।

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार गठबन्धनले चुनावी तालमेलको ‘मनिटरिङ’ गर्न छुट्टै संयन्त्र बनाउने निर्णय गरेको छ। संयन्त्रको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाउने निर्णय भएको खनालले जानकारी दिए।

पौडेल नेतृत्वको संयन्त्रमा कांग्रेस महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र देव गुरुङ सदस्य रहनेछन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राई र रेणु यादव, जनमोर्चाबाट हिमाल पुरी सदस्य रहनेछन्।

‘चुनावी तालमेलको केन्द्रबाटै मनिटर गर्ने भन्ने भएको छ। त्यसका लागि संयन्त्र बनाउने र रामचन्द्र पौडेलजीलाई संयोजक बनाउने निर्णय भएको छ,’ खनालले भने, ‘संयन्त्रमा अन्य दलबाट सदस्य बन्नेछन्।’ जनमोर्चाकी नेतृ दुर्गा पौडेलका अनुसार रामचन्द्र नेतृत्वको संयन्त्रले निर्वाचन परिचालन, तयारी र अनुगमनको काम गर्नेछ। 

खनालका अनुसार प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणबारे बैठकमा जानकारी गराएका थिए। यस्तै बिग्रँदो अर्थतन्त्रबारे समेत बैठकमा छलफल भएको छ। 

‘अहिले देशको आर्थिक अवस्था संकटग्रस्त भएको छ। त्यसकारण  विज्ञहरुसँग छलफल गरेर अर्थतन्त्र सुधारका उपाय अवलम्बन गर्नेतर्फ अघि बढ्नुपर्नेमा हामीले जोड दिएका छौं,’ पौडेलले भनिन्।

चुनावी तालमेलका सन्दर्भमा भने गठबन्धनले स्थानीय तहसम्मै गठित संयन्त्रले २५ गतेसम्म प्रतिवेदन बुझाउने र त्यसपछि मात्रै मोडालिटीमा छलफल गर्ने भएको छ। ‘स्थानीय तहबाट २५ गतेसम्म सुझावसहितको प्रतिवेदन बुझाउँछ। त्यसपछि मात्रै मोडालिटीबारे छलफल गर्ने गरी आजको बैठक सकिएको छ,’ पौडेलले भनिन्।

प्रकाशित: Apr 05, 2022| 11:26 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...