आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे सत्ता गठबन्धनको बैठक

निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल सुरु भएको हो।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान सत्ता गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल सुरु भएको हो।

बैठक केहीबेर अघिबाट मात्रै बैठक सुरू भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निजी सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणपछिको यो पहिलो बैठक हो।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित गठबन्धन दलका शीर्षनेताहरू सहभागी छन्। बैठकमा भारत भ्रमणका विषय तथा निर्वाचनमा तालमेलको मोडालिटी बनाउनेबारे छलफल हुने बताइएको छ।


प्रकाशित: Apr 05, 2022| 10:36 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...