आइतबार, साउन ३१, २०८३

मतदाता शिक्षाका लागि आयोगले बनायो निर्देशिका

निर्वाचन आयोगले निर्वाचन तथा मतदाता शिक्षा सम्बन्धी विभिन्न निर्देशिका स्वीकृत गरेको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन तथा मतदाता शिक्षा सम्बन्धी विभिन्न निर्देशिका स्वीकृत गरेको छ। स्थानीय तह निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि निर्देशिकाहरू तयार गरिएको जानकारी आयोगले गराएको हो। सोमबार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो जानकारी दिएका हुन्।

'आयोगलाई स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८, निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आएका छन्,' प्रवक्ता शर्माले भने। 

प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा शुरु भई छपाइ कार्य जारी रहेको जानकारी दिए। निर्वाचनका लागि कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने र सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने बताए। 

प्रकाशित: Apr 04, 2022| 16:37 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...