काठमाडौं– अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन गर्ने निर्णय गरेका छन्। तीन पार्टीका जिल्ला नेताको बैठकले सबै स्थानीय तहमा गठबन्धन गरेर जाने निर्णय गरेको हो।
‘केन्द्रीय गठबन्धनलाई आत्मसात् गर्दै आगामी स्थानीय तह निर्वाचन २०७९ मा १० वटै स्थानीय तह र ९१ वटै वडाहरूमा गठबन्धन अघि बढाउन हामी सहमत छौं। स्थानीय तहका कमिटी र कार्यसमितिहरूलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न हामी सार्वजनिक अनुरोध गर्दछौं,’ निर्णयमा भनिएको छ।
गठबन्धनमा कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रवीन्द्र साउद र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराई रहेका छन्।