शनिबार, मंसिर ८, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • सुदूरपश्चिम पर्यटनका लागि 'भर्जिन' छ, बजेटमा प्राथमिकता दिनुपर्छ : तारा लामा तामाङ [अन्तर्वार्ता]

Siddartha premir insuranceSiddartha premir insurance

सुदूरपश्चिम पर्यटनका लागि 'भर्जिन' छ, बजेटमा प्राथमिकता दिनुपर्छ : तारा लामा तामाङ [अन्तर्वार्ता]

अहिलेसम्मको अवस्था हेर्दा सुदूरपश्चिम पर्यटनका लागि भर्जिन ल्यान्ड हो। अब सुदूरपश्चिम सरकार संघीय सरकारसँग हातेमालो गरेर पर्यटन प्रर्वद्धनको लागि अगाडि बढ्नेछ।
 |  आइतबार, चैत २०, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, चैत २०, २०७८

राष्ट्रिय राजनीतिमा प्रभाव राख्नेहरु जन्माएको सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले भने पछाडि परेको भनिँदै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका नेता भीम रावल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द जस्ता प्रभावशाली राजनीतिज्ञ उत्पादन गरेको सुदूरपश्चिमका धेरै स्थानमा विद्युतीय सेवा र यसका पूर्वाधार पुगेका छैनन्। रोजगारीको प्रमुख गन्तव्य भारत भएको सुदूरपश्चिमका जनताको लागि  काठमाडौंभन्दा दिल्ली नजिक छ। 

triton college

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि बजेटको तयारी गरिरहेको छ। आगामी आर्थिक वर्षको संघको बजेटबाट सो क्षेत्रले गरेका अपेक्षा, प्रादेशिक बजेट, अबका चुनौती र प्राथमिकताका क्षेत्रलगायतका विषयमा नेपाल समयले सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री तारा लामा तामाङसँग गरेको कुराकानीको सम्पादित अंश:-

सुदूरपश्चिमको वर्तमान आर्थिक अवस्था कस्तो छ? 
चालु आर्थिक वर्षको लागि सुदूरपश्चिम प्रदेशमा अर्थ मन्त्रालयले १७ अर्ब ३३ करोड ४७ लाख ९२ हजार ५६५ रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये फागुनसम्ममा सरकारले ७ अर्ब ३ करोड ७८ लाख ७४ हजार ५७ रुपैयाँ खर्च गरेको छ। प्रदेशका ८८ मध्ये एक स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छ। 

हामी विभिन्न योजनामा काम गरिरहेका छौं। देश संघीयतामा गईसकेपछि सबै प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि केन्द्रले केही योजनाहरु स–सर्तसहित प्रदेश सरकारलाई ह्यान्डओभर गरेको थियो। ती योजनाको काम अहिले कम मात्रामा सम्पन्न भएका छन्। बजेट भुक्तानी नभएको कारण यी काम अगाडि बढ्न पाएका छैनन्। यो आर्थिक वर्षमा पनि करिब २ अर्बभन्दा बढी बजेट भुक्तानी दिनुपर्ने छ। तर केन्द्रले रकमको जोहो गर्न सकेको छैन। 

बजेट निकासामा समस्या देखाउनु भयो। के संघीय सरकारले स्रोत सुनिश्चितता बिनै स–सर्त आयोजना हस्तान्तरण गरेको हो? 
यसलाई स्रोत सुनिश्चितता बिनै बजेट बनाएको भन्न मिल्दैन। खासमा हाम्रो बजेट प्रणालीनै यस्तै रहेछ। मानौँ कुनै योजनाको लागि ५० अर्ब लाग्यो भने त्यसमा बजेट केही छुट्याएको हुन्छ। पछि ठेक्का भएपछि कबुल रकम दिने सम्झौता हुन्छ। तर समयमा रकम निकासा हुँदैन। अबका दिनमा यो बजेटरी सिस्टममा परिर्वतन गरेर नयाँ तरिकाले लैजानुपर्छ भन्ने मेरो भनाइ हो। पहिला बजेट विनियोजन गरेर निरन्तर काम मात्रै गर्ने गरी बजेटको व्यवस्थापन हुनुपर्छ भन्ने हो। 

Metro Mart
vianet

प्रकाशित: Apr 03, 2022| 16:46 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...