सोमबार, कात्तिक १०, २०८२

६ महिनादेखि प्रयोगविहीन डायलासिस मेशिन, समस्यमा बिरामी

कैलालीको सेती प्रादेशिक अस्पतामा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

धनगढी- कैलालीको सेती प्रादेशिक अस्पतामा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन्। 

Kumaribank

आपूर्तिकर्तालाई मेशिनको रकम भुक्तानी नहुँदा जडान कार्य हुन नसकेपछि ती मेशिन अस्पताल भवनको सिँढीमुनि थन्क्याएर राखिएका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलाइसिस गर्ने मेशिन खरिदका लागि अस्पताललाई गत जेठमै बजेटको सुनिश्चितता दिएपनि भुक्तानीका लागि बजेट नपठाउँदा मेशिन हस्तान्तरण नभएको अस्पतालले जनाएको छ।

संघले बजेट निकासा नदिएकाले मेशिन हस्तान्तरण नभई प्रयोगमा ल्याउन नसकिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए। आपूर्तिकर्तालाई ती मेशिनको रकम भुक्तानी बारम्बार आग्रह गर्दै आए पनि सङ्घले बजेट पठाउन ढिलो गरेको उनको भनाइ छ।

सातवटा मेशिन खरिद गर्न जेएस मेडिहेल्थ कन्सर्न भक्तपुरसँग अस्पतालले रु एक करोड ४६ लाखमा गत असारमा सम्झौता गरेको थियो। खरिद सम्झौतापश्चात् जेएस मेडिहेल्थ कन्सर्नले गत असोजमा मेशिन ल्याएर राखेको अस्पतालले जनाएको छ।  

कोरोना सङ्क्रमणको दोस्रो लहरमा बेला कोरोना सङ्क्रमित मिर्गाैलापीडितको डायलाइसिस गर्न भएको समस्यालाई दृष्टिगत गर्दै सरकारले मेशिन खरिदका लागि अनुमति दिएको जनाइएको छ। 

Metro Mart

डायलाइसिस सेवा दिनका लागि नर्स, चिकित्सक, मेशिनसम्बन्धी विज्ञ, सरसफाइ कर्मचारीलगायत थुप्रै जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको सुपरिटेन्डेन्ट डा. पाण्डेले जानकारी दिए। 

महिनौँसम्म मेशिन थन्किँदा यस क्षेत्रका मिर्गाैला रोगपीडितले भने सहज रुपमा डायलासिस सेवा पाउन सकेका छैनन्। सेती प्रादेशिक अस्पतालले केही महिनाअघिबाट दुईवटा मेशिनबाट आकस्मिक कक्षमा भर्ना हुने बिरामीलाई डायलाइसिस सेवा दिइरहेको छ।  

प्रकाशित: Mar 26, 2022| 21:30 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।