सोमबार, वैशाख ८, २०८२

धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट-२०२२’ आयोजना हुने

सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य स्थलहरुलाई देश तथा विदेशका सम्भावित बजारहरुमा प्रचारप्रसार गरी पर्यटकीय गतिविधिलाई ग्रामीण स्तरसम्म बढाउँदै रोजगारी सृजना, आयआर्जनमा वृद्धि गर्दै पर्यटनमार्फत प्रदेशलाई समृद्ध बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो।
 |  शनिबार, चैत १२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

vianetvianet

धनगढी- ‘देवभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने मूल नारासहित सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने भएको छ। 

triton college

सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य स्थलहरुलाई देश तथा विदेशका सम्भावित बजारहरुमा प्रचारप्रसार गरी पर्यटकीय गतिविधिलाई ग्रामीण स्तरसम्म बढाउँदै रोजगारी सृजना, आयआर्जनमा वृद्धि गर्दै पर्यटनमार्फत प्रदेशलाई समृद्ध बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो। 

नेपाल पर्यटन बोर्ड, धनगढी उपमहानगरपालिका र नाटा सुदूरपश्चिम प्रदेशको सहकार्यमा ‘फारेवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुन लागेको संयोजक माया प्रकाश भट्टले बताए। 

चैत २५ गतेदेखि २७ गतेसम्म आयोजना हुने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ मा सार्क राष्ट्रका राजदूत, नेपाल सरकारका विशिष्ट अधिकृत, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा टूर प्याकेज बिक्रि गर्ने पर्यटन व्यवसायीहरुलाई सहभागिताका लागि निमन्त्रण गरिएको संयोजक माया प्रकाश भट्टले बताए। 

‘मार्टमा करिव तीन सय स्वदेशी तथा विदेशीको सहभागिता रहन्छ,’ संयोजक माया प्रकाश भट्टले भने, ‘होटेल एवम् पर्यटन व्यवसायी, टूर अपरेटर तथा गाईडहरुलाई विजनेश टू विजनेश कार्यक्रमसहित प्रदेशका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गराउने कार्यक्रम तय भएको छ।’

National life insurance

कार्यक्रमको पहिलो दिन धनगढीमा प्रभातफेरीसहित वि टू वि सम्मेलन हुनेछ भने दोश्रो तीन टोली बनाई प्रदेशका पर्यटकीय गन्तव्य भ्रमण कार्यक्रम रहेको संयोजक भट्टले बताए। ‘एक टोली धनगढी उपमहानगरभित्रका पर्यटकीयस्थलको अवलोकन गर्नेछन् भने दोश्रो कर्णालीमा र्‍याफ्टिङ गर्नेछन् भने तेश्रो टोली पहाडको बुडरसम्म पुग्नेछन्,’ संयोजक भट्टले भने, ‘तेश्रो दिन गोदावरीमा वृहत कार्यक्रमसहित समापन गरिनेछ।’

कार्यक्रमलाई सभ्य, भव्य र उपलब्धि मुलक बनाउन बिभिन्न समिति गठन गरिएको छ। अनुगमन, मूल्यांकन र प्रतिवेदन समितिको संयोजक डाक्टर हेमराज पन्त, सचिवालय व्यवस्थापन संयोजक कलम बम, समारोह स्थल व्यवस्थापन संयोजक पदमबिक्रम सिंह, अतिथी सत्कार संयोजक जगदीशचन्द भट्ट, अतिथी आमन्त्रण संयोजकमा परमानन्द भण्डारी, सास्कृतिक समितिको संयोजक पुष्करराज भट्ट, प्रचारप्रसार संयोजक भिम चौधरी र अर्थ व्यवस्थापन संयोजक धनञ्जय जोशीलाई तोकिएको छ। कार्यक्रमका लागि ५५ लाख बढी रकम आवश्यक पर्ने बताइएको छ।

प्रकाशित: Mar 26, 2022| 19:10 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।