शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • काममा हस्तक्षेप नगर्दा संघीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

काममा हस्तक्षेप नगर्दा संघीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा संघीयता प्राप्त हुने बताएका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

ललितपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा संघीयता प्राप्त हुने बताएका छन्।

National life

बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको समन्वय तथा व्यवस्थापनमा भएको ‘संघीय संरचनामा तहगत सरकारका योजना तर्जुमा, कार्यान्वयन र प्रतिवेदन प्रणाली विषयक’ दुईदिने गोष्ठीलाई सम्बोधन गर्दै उनले संघ तथा प्रदेश र स्थानीय तहले बनाउने नीति तथा नियम बाँझिन पुगेमा संघीयता प्राप्त गर्न समस्या उत्पन्न हुने बताए। 

मुलुकमा संघीयता कार्यान्वयनका लागि आफूहरूले स्थानीय तहका कर्मचारीसम्बन्धी विधेक तयार गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए। ‘बागमतीमा लगभग तीन हजार ४०० कर्मचारी रहनुपर्दा करिब एक हजार ४०० कर्मचारी खाली रहेका छन्’, उनले भने, ‘यसले गर्दा समयमै काम अघि बढ्न सकेको छैन। मुलुकमा संघीयता प्राप्तिका लागि हामीले कर्मचारीसमबन्धी छुट्टै ऐन व्यवस्थापन गर्नुपर्ने देखिन्छ।’ अबका दिनमा मुलुकका हरेक प्रदेशले के–कस्ता काम गरिरहेका छन्।

सोको जानकारी गराउने थलो बनाउन जरुरी रहेको जानकारी गराउँदै उनले कार्यक्रममा उपस्थित व्यक्तित्वलाई सोको व्यवस्थापनमा लाग्न अनुरोध गरे। 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले मुलुकमा प्रयोग गरिने सर्शत अनुदानका आधार मन्त्रिपरिषद्मा नगएको परिपाटी पाइने बताए। 

Laxmi sunrise bank
kumari

प्रदेश नं १ नीति योजना आयोगका सचिव जयकुमार घिमिरेले आयोगमा कामका लागि अनुसन्धानकर्ता तथा विज्ञ करारमा लिनुपर्ने आवश्यक भएको जानकारी गराए। 

बागमती प्रदेश नीति योजना आयोगका उपाध्यक्ष कृष्णराज पन्थले मुलुकमा आवश्यक ऐन, कानुन अभावमा योजना तर्जुमामा समस्या भइरहेको भनाइ राखे। गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले आफूहरूले सो क्षेत्रमा जलवायुमैत्री तथा चकलाबन्दी अनि स्याउखेती एवं ‘एक घर, एक धारा’का साथै सबै घरमा बिजुली कार्यक्रम अघि बढाएर जनतालाई सुविधा पुर्‍याउने काम गरिरहेको बताए

कर्णाली प्रदेश नीति तथा योजना आयोगका निमित्त प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले आफ्ना ठाउँबाट प्राकृतिक ग्याँस तथा खानी र रत्न पत्थर ढुङ्गा उत्पादन गर्दा प्रदेशको आयस्रोत बढ्ने जानकारी गराए। सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य मोहनदेव जोशीले आफ्नो क्षेत्रमा दोधारा र चाँदनी जोड्ने पुल अझै निर्माण हुन नसकेकामा दुःखेसो गरे। 

नेपाल सरकारका पूर्वसहसचिव तथा विज्ञ पुरुषोत्तम नेपालले कुनै स्थानीय तहले कम्तीमा ३३ देखि बढीमा ६४ कानुन निर्माण गरी लागू गरिरहेका मुलुकमा पूर्णरूपमा संघीयता प्राप्त गर्न के कुराको खाँचो भइरहेको समस्या खोज्न जरुरी रहेको धारणा राखे। महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले तीनै तहका सरकारले गरेका कामलाई तथ्याङ्गत आधारमा व्यवस्थापन गर्दा संघीयता प्राप्त गर्न सहयोग पुग्ने बताए। 

प्रकाशित: Mar 22, 2022| 08:56 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।