आइतबार, भदौ २१, २०८३

होलीमा रंगियो बुटवल [तस्बिरहरु]

रुपन्देही, कपिलबस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके र बर्दियामा २ बर्षपछि होली मनाउँदा निकै उत्साह देखिएको छ। होली पर्वको अवसर पारेर विभिन्न संघ संस्थाहरुले होली मिलन कार्यक्रम तथा अन्य सांगितिक कार्यक्रमहरु समेत गरेका छन।
 |  शुक्रबार, चैत ४, २०७८

विनोद परियार

विनोद परियार

शुक्रबार, चैत ४, २०७८

बुटवल- कोभिड महामारीका कारण २ बर्षसम्म होलीमा फिक्का बनेको तराई क्षेत्र शुक्रबार भने रंगिन बनेको छ। लुम्बिनी प्रदेशका १२ मध्ये ६ तराईका जिल्ला होलीले रंगिन बनेको हो।

रुपन्देही, कपिलबस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके र बर्दियामा २ बर्षपछि होली मनाउँदा निकै उत्साह देखिएको छ। होली पर्वको अवसर पारेर विभिन्न संघ संस्थाहरुले होली मिलन कार्यक्रम तथा अन्य सांगितिक कार्यक्रमहरु समेत गरेका छन।

कोभिडले सिथिल परेको निजि क्षेत्र, राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, कर्मचारी, पत्रकारहरु सबै होलीमा उत्साहका साथ रमाएका छन।  बिगत २ बर्षमा कोभिडको कारण सिमित रुपमा होली मनाईएको भएपनि शुक्रबार भने खुलेर मनाएको छ। रुपन्देहीको बुटवल, भैरहवा लगायतका क्षेत्रका चोक चोकमा युवा पुस्ता होलीमा रमाएका छन। होलीका अवसरमा नेपाल पत्रकार महासंघ रूपन्देहीले होली मिलन कार्यक्रम गरेको छ। 

प्रकाशित: Mar 18, 2022| 16:44 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।