झापा- छुर्पी र घ्युको बोराले छोपेर अवैध ओषधि ओसारपसार गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्। झापा प्रहरीले बिहीबार ठूलो परिणामको अवैध औषधि र गाडी सहित इलाम सूर्योदय नगरपालिका-३ का ३० वर्षीय सईन्द्र राईलाई पक्राउ गरेको हो।
बिहीबार साँझ ६:१५ बजे ईलामबाट झापातर्फ आउदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्युको बोराले छोपी अवैध औषधिको ओसारपसार भएको थियो। झापा बुद्धशान्ति गा.पा.वडा नं.४ मा प्रहरीले जाँच गर्दा उक्त औषधि फेला परेको थियो।
बरामद औषधिको बजार मूल्य ६९ लाख ७७ हजार ९४४ रुपैयाँ हुन आउनले देखिएको प्रहरीले जानकारी दिएको छ। औषधि, गाडी र राईमाथि थप अनुसन्धानको लागि औषधि व्यवस्था विभाग विराटनगर मोरङ पठाइने प्रहरीले जानकारी दिएको छ।
यी हुन् बरामद भएका औषधि
१.Tramadol hydrochloride capsules 50mg ४८७९० पत्ता
२.ZEEGOLD women soft Gelatin capsules १५०पत्ता
३.ZEEGOLD strong soft Gelatin capsules १५०पत्ता
४.ZINCOCET २०० पत्ता
५.KT5Derm ७०० पत्ता
६.Gulfadryl ४५६ वोतल
७.ZENEGRA RED100 ८८४०पत्ता
८.Labdic Relief २०० पिस
९.ITRACONAZOLE capsules 200mg isro200 ५९० पत्ता
१०.InsTAZIN १८०० पत्ता
११.PARABOOST650mg १६०० पत्ता