आइतबार, मंसिर ७, २०८२

खप्तड गोल्डकपको फाइनल खेल आज

पाँचौँ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेल आज हुँदैछ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

धनगढी- पाँचौँ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेल आज हुँदैछ। धनगढी रंगशालामा दिउँसो तीन बजे सुरु हुने गोल्डकपको फाइनल खेलमा ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले फ्रेन्ड्स क्लबको सामना गर्नेछ।

National life

मनाङले पहिलो संस्करणको उपाधि पनि जितिसकेको छ। त्यसपछि उसले उपाधि जितेको छैन। त्यसपछि मनाङले उपाधि जितेको छैन।

त्यसैले दोस्रो पटक उपाधि जित्नका लागि उत्साही रहेको प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान अञ्जन विष्टले बताएका छन्।

खप्तड गोल्डकपमा दुई पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको टिम थ्रिस्टार यो वर्ष प्रतियोगितामा सामेल भएको थिएन। यता साविक विजेता सुदूरपश्चिम ११ पनि हिमालयन शेर्पासँग पराजित भएको थियो।

त्यस्तै, तेस्रो संस्करणको विजेता पुलिस क्लबले पनि प्रतियोगितामा सहभागिता जनाएन। त्यसबाहेक ए डिभिजन लिगमा बलियो दुई टिम मछिन्द्र र एनआरटीले प्रतिस्पर्धा गरेका थिए।

Laxmi sunrise bank
kumari

ती दुवै टिमलाई बागमती युवा क्लबले टाइब्रेकरमा हराएको थियो। खप्तड गोल्डकपमा अहिलेसम्म सबैभन्दा धेरै गोल गर्ने खेलाडी जमो फ्रान्कोइस रहेका छन्। उनले प्रतियोगितामा तीन गोल गरेका छन्।

जमोलले क्यामरुनी क्लब अभेनीविरुद्ध दुई गोल गरेका थिए भने पछिल्लो पटक बागमतीविरुद्ध पनि एक गोल गरेका थिए। यता मनाङका विमल रानाले दुई गोल रेका छन् भने शिशिर लेखी र अञ्जन विष्टले समान १-१ गोल गरेका छन्।

प्रकाशित: Mar 12, 2022| 08:10 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।