शुक्रबार, कात्तिक २८, २०८२

घ्याम्पेडाँडामा बनाइयो २५ लाखको घ्याम्पो

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पर्यटकीय स्थान घ्याम्पेडाँडामा पाँच हजार लिटर पानी अट्ने पर्यटकीय घ्याम्पो निर्माण गरिएको छ।
 |  शुक्रबार, फागुन २७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २७, २०७८

भक्तपुर- सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पर्यटकीय स्थान घ्याम्पेडाँडामा पाँच हजार लिटर पानी अट्ने पर्यटकीय घ्याम्पो निर्माण गरिएको छ।

National life

ठाउँको नाम घ्याम्पेडाँडा भए पनि घ्याम्पो नुहँदा यसबारेमा आन्तरिक पर्यटकले चासो राख्न थालेपछि यहाँको ऐतिहासिकता झल्किने र पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले निर्माण गरिएको आकर्षक घ्याम्पोको शुक्रबार नेकपा एमालेका पोलिब्यूरो सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले उद्घाटन गरे।

उनले भक्तपुरको विकासमा यो पाँचवर्षे स्वर्णयुगका रूपमा रहेको चर्चा गर्दै विकट रहेको यो क्षेत्र अहिले विकासले कायापलट भएको बताए। भक्तपुरमा मात्रै आफ्नो पहलमा १५ अर्बभन्दा बढी बजेट ल्याएर यहाँको विकासबाट मुहार फेरेको भन्दै उनले घ्याम्पेडाँडा, रानीकोट क्षेत्र मुख्य पर्यटकको आकर्षण बनेको बताए।

यस क्षेत्रमा अहिले करोडौँ रकम लगानी गरेर होटलहरु सञ्चालनमा आएको, होटल व्यवसायमा अर्बौं लगानी भएको, यहाँ जिपलाइन लगायत सञ्चालनमा आइसकेको र अब प्याराग्लाइडिङ, बन्जी जम्पलगायत पनि सुरु हुन लागेको बताए। पर्यटकीय रूपमा नै यहाँको जीवनस्तर उकासिने चर्चा गर्दै उहाँले भक्तपुरलाई विकासमा देशकै नमूना बनाउन सफल भएको बताए।

कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने गरी नगरपालिकाले शिव सर्किट निर्माण गरेको उल्लेख गरे। यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक सडक, पूर्वाधारको विकासमा लागेको बताए।

सूर्यविनायक–७ र ८ को सिमानामा रहेको घ्याम्पेडाँडामा नगरपालिकाको २० लाखको बजेट वडा नं ७ मार्फत विनियोजित गरी त्यसमा पाँच लाखको उपभोक्तामार्फत थप गरी कूल २५ लाखको लागतमा घ्याम्पो निर्माण गरिएको उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

धेरै पहिला यस क्षेत्र स्थानीय ब्राह्मण समुदायको कुस बिर्ताका नामबाट चर्चामा रहँदै पुरानो छाप नाम रहेको यस ठाउँलाई २०२१ सालको नापीपछि चिहान डाँडाको नामबाट चिन्न थालिएको थियो। विसं २०३५ पछि भने यो डाँडाको नाम घ्याम्पेडाँडा रहन गएको स्थानीयवासी बताउँछन्।

धेरै वर्षपहिला स्थानीय बटुवा, गोठालाहरुले गाईवस्तुलाई पानी खुवाउनका लागि जमीनमुनि घ्याम्पो गाडेर राखिएको र उक्त पानी आवश्यताअनुसार प्रयोग गर्ने गरिएको थियो । जमीनमुनि घ्याम्पोमा पानी राख्दा जाडोमा पानी तातो हुने र गर्मीमा चिसो हुने भएकाले पनि घ्याम्पोमा पानी राखी प्रयोगमा ल्याइएको जनविश्वास रहिआएको छ ।

प्रकाशित: Mar 11, 2022| 23:56 शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।