मंगलबार, भदौ २, २०८३

अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त खत्रीले लिए शपथ

संयुक्त राज्य अमेरिकाका लागि नियुक्त भएका नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले शपथ ग्रहण गरेका छन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतमा  नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले शपथ ग्रहण गरेका छन्। बुधबार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले खत्रीलाई शपथ ग्रहण गराएकी हुन्। 

आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ अनुसार खत्रीलाई अमेरिकाका लागि आवासीय राजदूत नियुक्त गरेकी थिइन्। त्रिविका प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशकसमेत हुन्।

यसअघि केपी शर्मा ओली नेतत्वको निवर्तमान ओली सरकारले पूर्वअर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाएर पठाएको थियो। तर ओली सरकारले नियुक्त गरेका डा खतिवडालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो।

प्रकाशित: Mar 09, 2022| 16:34 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...