मंगलबार, भदौ २, २०८३

माधव नेपालको प्रतिवेदन- ओलीविरुद्ध सबै शक्ति एकजुट हुनुपर्छ

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशका सबै शक्ति एकजुट हुनुपर्ने भावसहितको प्रतिवेदन पेस गरेका छन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशका सबै शक्ति एकजुट हुनुपर्ने भावसहितको प्रतिवेदन पेस गरेका छन्। बुधबार सुरु भएको नेकपा एस केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले यस्तो प्रतिवेदन पेस गरेका हुन्। 

देशको राजनीति दुई ध्रुवमा विभाजित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। एक कित्तामा एमालेका अध्यक्ष केपी ओली उभिएको र अर्को कित्तामा पाँचदलीय गठबन्धन उभिएको प्रतिवेदनमा भनिएको  छ। प्रतिवेदनमा गठबन्धन भत्काउन र पुनः शक्तिमा फर्किन केपी ओलीले षड्यन्त्र गरिरहेको आरोपसमेत लगाइएको छ। 

‘मुलुक यतिबेला राजनीतिकरूपले मुलतः दुई धारमा विभाजित छ। एउटा व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्णकार्यान्वयन गर्दै त्यसले निर्देश गरे अनुरूप मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन चाहने वाम लोकतान्त्रिक धार। अघिल्लो प्रवृत्तिको मूलबाहक केपी ओली हुन् भने वाम लोकतान्त्रिक धारका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन्,' नेता नेपालको प्रतिवेदनमा भनिएको छ।

सत्ता गठबन्धनको सहकार्यलाई कम्तीमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने नेता नेपालको जोड छ।

प्रकाशित: Mar 09, 2022| 15:30 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...