शनिबार, साउन १२, २०८१

पल शाह प्रकरणलाई यसरी गिजोल्दैछन् युट्युबर र कथित अभियन्ता

एकैछिन होटलमा बसेर बनाइएका यस्ता भिडियो ट्रेन्डिङमा पर्नुको कारण उत्तेजक शीर्षक, बाइट र पूर्वयोजना नै हो।
 |  मंगलबार, फागुन १७, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, फागुन १७, २०७८

दमौली- मंगलबार झिसमिसेमै जिल्ला प्रहरी कार्यालय तनहुँका केही प्रहरी गेटअगाडि बाँस र डोरीले बार लगाइरहेका थिए। धेरैलाई लागिरहेको थियो, अघिल्लो दिनसम्म सर्वसाधारणका लागि खुला रहेको त्यस क्षेत्रमा एक्कासि तारबार गरिनुको कारण शिवरात्रि नै हुनुपर्छ। 

triton college

प्रहरी कार्यालय अगाडि नै छ, दमौलीको पुरानो मार्फाली होटल। होटलको आँगनमा उभिएका छन् केही हुल युट्युबर। अनि, उनीहरूको साथमा छन्, कथित अभियन्ता पुण्य गौतम। गफैगफमा प्रहरी कार्यालयतिर नजर तेर्स्याउँदै एक युट्युबर ठट्यौली शैलीमा भन्दैछन्, ‘ओहो, एकाबिहानै बार पो लगाएछन्। हामीसँग डराए कि क्या हो!’

भलै उनीहरू ठट्टा गरिरहेका थिए, तर यथार्थ पनि उनीहरूको अनुमानभन्दा पर छैन। 

बिहानै जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले नेपाल समयसँगको कुराकानीमा यसलाई स्वीकारे। उनले भने, ‘युट्युबर र कथित अभियन्ताको भीड रोक्न बार नलगाई भएन। यद्यपि यस्ता भीडले हामीलाई निष्पक्ष अनुसन्धान गर्नबाट रोक्दैन। ढुक्क हुनुस्, अलिकति पनि प्रभाव पार्न सक्दैन।’

तारबारको अवस्था किन आइपुग्यो? यसको कारण बुझ्न आइतबार र सोमबारको दृश्यमा फर्कनैपर्छ।

Metro Mart
vianet

एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कलाकार पल शाह आइतबारदेखि उक्त प्रहरी कार्यालयको न्यायिक हिरासतमा छन्। फरार भएको चार दिनपछि मात्रै उनी जिप्रका दमौली पुगेका थिए। 

पल हिरासत पुगेपछि उनलाई पछ्याउँदै केही हुल युट्युबर र कथित सामाजिक अभियन्ता पनि दमौली आइपुगेका छन्। क्यामेरा बोकेर प्रहरी कार्यालयको गेट अगाडि उभिनु, पललाई भेट्न आउने–जानेहरूको बयान लिनु र पलको समर्थनमा माहोल बनाउनुजस्ता काम सोमबारदेखि उनीहरूको नियमित भएका छन्। 

सोमबार त उनीहरूले पलको समर्थनमा जिल्ला प्रहरी कार्यालयको गेटअगाडि नाराबाजी नै गरे। नाराबाजीको नेतृत्व गरिरहेका थिए, कथित अभियन्ता बनेर युट्युबर 'बोक्दै' हिँड्ने पुण्य गौतम, शर्मिला वाइबा र कलाकारसमेत रहेका जयकिशन बस्नेत।

उनीहरूले ‘पल शाहलाई रिहा गर’, ‘दुर्गेश थापा मुर्दावाद’ जस्ता नारा लगाउँथे, युट्युबरहरू भने त्यसैलाई फोकस गरीगरी खिच्थे।  यतिसम्म कि उक्त भीडमा उमेरले १८ पनि नकटेका किशोरकिशोरीसमेत पलको पक्षमा चिच्याइरहेका थिए। 

प्रकाशित: Mar 01, 2022| 17:16 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्