मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

स्वास्थ्यमन्त्री यादवद्वारा सय दिने प्राथमिकता सार्वजनिक

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एक सय दिने प्राथमिकता सार्वजनिक गरेका छन्। मन्त्रालयमा आईतबार पत्रकार सम्मेलन गरि मन्त्री यादवले प्राथमिकताका २० बुँदा सार्वजनिक गरेका हुन्।
 |  आइतबार, फागुन १५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

विराटनगर– प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एक सय दिने प्राथमिकता सार्वजनिक गरेका छन्। मन्त्रालयमा आईतबार पत्रकार सम्मेलन गरि मन्त्री यादवले प्राथमिकताका २० बुँदा सार्वजनिक गरेका  हुन्। 

triton college

मन्त्री यादवले सीमित स्रोत साधनले नागरिकका अनेकौं चाहना र स्वास्थ्य प्रणालीका चुनौतीहरु एकैचोटी समाधान गर्न नसकेपनि मन्त्रालयका गतिविधिहरुलाई थप व्यवस्थित र सुदृढ गर्दै लाने उद्देश्यले मन्त्रालयका नियमित काम बाहेक पहिलो १०० दिने कार्ययोजना तयार गरि कार्यान्वयनमा ल्याइएको बताए। 

कार्य योजनाका कार्यहरु प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले निर्दिष्ट गरेका प्राथमिकता र तत्कालिन आवस्यकतालाई सम्वोधन गर्नेगरी तयार गरिएको उनको भनाई छ। 

मन्त्री यादवले प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुबाट मानिसमा सर्ने रोगहरुको नियन्त्रणका लागि स्वास्थ्य रणनीति तयार गर्ने, मेची अस्पताललाई २ सय शैयामा स्तरवृद्धि गर्न आवश्यक तयारी गरी स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने, विशेषज्ञ चिकित्सकको लागि सुविधा सम्वन्धिको निर्देशिका स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेस गर्ने बताए। उनले स्थानीय स्वास्थ्य संस्थाहरुको सुदृढिकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारी, इनरुवा अस्पताल र गाइघाट अस्पताललाई आकस्मीक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने प्राथमिकता रहेको पत्रकार सम्मेलनमा बताएका छन्।

प्रकाशित: Feb 27, 2022| 21:30 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।