मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बलात्कारपछि बालिकाको हत्यामा संलग्‍न वृद्ध सार्वजनिक

मोरङको लेटाङ नगरपालिका–८ मा बलात्कारपछि बालिकाको हत्या गर्ने एक वृद्धलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीलाई विराटनगरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।
 |  आइतबार, फागुन १५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

विराटनगर- मोरङको लेटाङ नगरपालिका–८ मा बलात्कारपछि बालिकाको हत्या गर्ने एक वृद्धलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीलाई विराटनगरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए। 

triton college

प्रहरीका अनुसार गिरीले बलात्कारपछि जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वर्षीया करुणा राईको हत्या गरेका हुन्। हत्यापछि लालहीरा सामुदायिक वनको खोँचमा फ्यालेर माथिबाट ढुंगाले छोपको अवस्थामा करुणाको शव गत शुक्रबार फेला परेको थियो। बालिकाको घरबाट विद्यालयसम्म पुग्न झन्डै २ घण्टा पैदल यात्रा गर्नुपर्छ। बाटोमा घना जंगल छ।

स्कुलबाट घर फर्किने क्रममा गत बुधबार जंगलको बाटोमा एक्लै देखेपछि गिरीले बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरेको र त्यसपछि हत्या गरेर शव खोँचमा फ्यालिदिएको एसपी जीसीले बताए।

उनका अनुसार विद्यालयको पोसाक लगाएर पढ्न गएकी बालिका घर नफर्किएपछि खोजी जारी राखिएको थियो। खोजी गर्ने क्रममा प्रहरीले आगोमा जलाएको अवस्थामा खरानीको थुप्रोमा विद्यालयको लोगो रहेको पेटी (बेल्ट)को बक्कल र कडी, जल्न बाँकी जुत्ताको सोल, ज्याकेटका बटमहरु, फरकको खिप, कालो रंगको स्क्रिन फुटेको मोबाइल र नजिकै लाइटर फेला पारेको थियो। मोबाइल बालिकाकै भएको पत्ता लाग्यो। 

त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर रोमन अर्याल नेतृत्वको टोलीले गिरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको हो। विद्यालयबाट घर फर्किने क्रममा बाटोमा एक्लै देखेसँगै पछ्याउँदै गएका गिरीले बीच जंगलमा पुगेपछि बालिकालाई फकाएर अर्को बाटो लिएर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Metro Mart
vianet

‘घर फर्किँदा जंगलको बाटोमा एक्लै परेर कोही साथी नभेटेकी बालिका अर्को बाटो छोटो पर्छ भनेर फकाएपछि गिरीको पछि लागिछन्। केही पर पुगेपछि शारीरिक सम्पर्कको प्रस्ताव गरिएछ,’ एसपी जीसीले भने, ‘बालिकाले अस्वीकार गरेपछि जबरजस्ती नियन्त्रणमा लिएर भुइँमा लडाई बलात्कार गरेको पाइयो। त्यसपछि बुवालाई भनिदिन्छु भनेर बालिका दौडिएकाले नियन्त्रणमा लिँदै घाँटी थिचेर र मुख थुनेर हत्या गरी शव फ्यालिदिएको खुलेको छ।’ 

उनका अनुसार खोँचमा घोप्टो परेको अवस्थामा फेला परेको शव माथिबाट ढुंगाले छोपिएको अवस्थामा फेला परेको थियो। हत्या गरेपछि गिरीले बालिकाले लगाएका कपडा र जुत्ता ल्याएर आफ्नै घरनजिक खोल्सीमा जलाएको पाइएको जीसीले बताए। घटनामा संलग्नलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग गर्दै करुणा अध्ययनरत विद्यालयका विद्यार्थी र शिक्षकले आज लेटाङमा प्रदर्शन पनि गरेका छन्।

प्रकाशित: Feb 27, 2022| 19:33 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।