सोमबार, भदौ २९, २०८३

बलात्कारपछि बालिकाको हत्या गर्ने वृद्ध सार्वजनिक

मोरङ लेटाङको जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई बलात्कार गरी हत्या गर्ने एक वृद्धलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

विराटनगर– मोरङ लेटाङको जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई बलात्कार गरी हत्या गर्ने एक वृद्धलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

लेटाङ–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईलाई बलात्कारपछि हत्या गर्ने का ६४ वर्षीय दीपक गिरीलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।

हत्यापछि गिरीले लालहीरा सामुदायिक वनको खोँचमा फ्यालेर माथिबाट ढुंगाले छोपेको अवस्थामा करुणाको शव गत शुक्रबार फेला परेको थियो। बालिकाको घरबाट विद्यालयसम्म पुग्न झन्डै २ घण्टा पैदल यात्रा गर्नुपर्छ। बाटोमा घना जंगल छ। स्कुलबाट घर फर्किने क्रममा गत बुधबार जंगलको बाटोमा एक्लै देखेपछि गिरीले बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरेको र त्यसपछि हत्या गरेर शव खोँचमा फ्यालिदिएको एसपी जीसीले बताए।

बालिकालाई खोजी गर्ने क्रममा प्रहरीले आगोमा जलाएको अवस्थामा खरानीको थुप्रोमा विद्यालयको लोगो रहेको पेटी (बेल्ट)को बक्कल र कडी, जल्न बाँकी जुत्ताको सोल, ज्याकेटका बटमहरु, फरकको खिप, कालो रंगको स्क्रिन फुटेको मोबाइल र नजिकै लाइटर फेला पारेको थियो। 

घर फर्कदा जंगलको बाटोमा एक्लै परेर कोही साथी नभेटेकी बालिका अर्को बाटो छोटो पर्छ भनेर फकाएर केही पर पुगेपछि शारीरिक सम्पर्कको प्रस्ताव गर्दा बालिकाले अस्वीकार गरेपछि जवरजस्ती नियन्त्रणमा लिएर बलात्कार गरेको अनुसन्धानमा क्रममा देखिएको एसपी जीसीले पत्रकार सम्मेलनमा बताए। उनले भने, ‘बालिकाले बुवालाई भनिदिन्छु भनेपछि घाँटी थिचेर र मुख थुण्नेर हत्या गरी शव फ्यालिदिएको खुलेको छ।’

प्रकाशित: Feb 28, 2022| 06:28 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।