आइतबार, मंसिर ७, २०८२

लक्ष्य पूरा गर्न सकेनन् जावलाखेल र संकटाले

दशरथ रंगशालामा शुक्रबार जित निकालेको भए जावलाखेलले सातौं स्थान भने प्राप्त गर्न सक्थ्यो। त्यो स्थान पाउन उसले सातौं स्थानमा रहेको संकटालाई हराउनुपर्ने हुन्थ्यो।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- 'ए' डिभिजन लिगको मध्य तालिकामा आफूलाई अब्बल सावित गर्न शुक्रबार दिउँसो जावलाखेल युथ क्लबले संकटा क्लबको सामना गर्दै थियो। लिगको सुरुमा रेलिगेसन क्षेत्रमा संघर्ष गरेको जावलाखेलले चौथो स्थानमा लिग अन्त्य गर्ने लक्ष्य राखे पनि त्यो लक्ष्य दुई खेलअघि नै गुमिसकेको थियो।

दशरथ रंगशालामा शुक्रबार जित निकालेको भए जावलाखेलले सातौं स्थान भने प्राप्त गर्न सक्थ्यो। त्यो स्थान पाउन उसले सातौं स्थानमा रहेको संकटालाई हराउनुपर्ने हुन्थ्यो।

यता लिगका सुरुका आठ खेलमा अपराजित रहेको संकटाले भने तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्ने योजना बनाएको थियो। तर, त्यसपछिका तीन हारले संकटाले पनि लक्ष्य भेट्टाउन सकेन। यद्यपि शुक्रबारको खेलमा जित निकाल्दै आफ्नो अंक सुधार गर्ने संकटाको योजना थियो।

यसै लक्ष्यमा आधारित रहेर दशरथ रंगशालामा दिउँसो तीन बजे जावलाखेलले संकटासँग १–१ गोलको बराबरी खेलेको छ।

संकटाका प्रशिक्षक विष्णु गुरुङका लागि यो डेब्यु सिजन थियो। तर कार्यव्यस्तताले उनी अन्तिम खेलमा उपस्थित हुन सकेनन्। खेलमा उपस्थित सहायक प्रशिक्षक राजकुमार केसीले लिगमा सोचेजस्तो नभए पनि सन्तोषजनक भएको बताएका छन्। 

‘आजको खेल सोचेको जस्ता भएन। पहिलो गोल खान पुग्यौँ। तर, पछि कमब्याक भएर राम्रो भयो। शीर्ष तीनको दावेदार भए पनि बन्न सकेनौं। सुरुमा चाहिँ हामीले छैटौंसम्मको लक्ष्य बनाएका थियौं। त्यो पुग्न सकेनौं,’ उनले भने, ‘लिगमा उकाली ओराली यात्रा भयो। एक जना टिम लिड गर्ने खेलाडी नहुँदा धेरै घाटा भयो। तर आएको नतिजामा खुसी त हुनैपर्छ।’

अन्तिम खेलमा बराबरी भएपछि जावलाखेलका प्रशिक्षक किशोर कुमार केसीले लिगमा लक्ष्य पूरा गर्न नसकेको बताए। उनले भने, ‘लक्ष्य पूरा गर्न सकेनौं। तर यो सिजनमा हामीले सबै टिमलाई फाइट गर्न सक्यौँ। हामीले इन्ज्युरी समयमा गोल खानु, फ्रेन्डस र बिबिसीसँग बराबरी हुनु, आर्मीलाई जित्न नसक्नुका कारण हामीले अंक गुमाएको हो।’

खेलको १५ औं मिनेटमा जावलाखेलले अग्रता बनाएको थियो। जहाँ ओन्गुना जुनियरले दिएको पासलाई सदुपयोग गर्दै सुनिल खड्काले सहजै गोल गरे। यससँगै जावलाखेल एक गोलले अघि रह्यो।

निकै प्रतिस्पर्धात्मक खेलको २६ औं मिनेटमा संकटाका उत्तम राईले पेनाल्टी बक्स भित्रबाट प्रहार गर्न सकेनन्। बरु त्यसको काउन्टर मुभमा जावलाखेलले अवसर सिर्जना गरेर गरेको प्रहार डिफेन्डर निरज बस्नेतले बचाए।

पहिलो हाफको इन्ज्युरी समयमा सुनिलले प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिर गएको थियो। दोस्रो हाफको ६१ औं मिनेटमा संकटाले बराबरी गर्यो। सुवास गुरुङले प्रहार गरेको कर्नर बलमा हेडरमार्फत उत्तम राईले गोल गरेका हुन्। गोलकिपर इश्वर गुरुङले बचाउको प्रयास गरे पनि उनले बल रोक्न सकेनन्। उत्तमको गोलसँगै संकटा हारबाट जोगिएको हो।

यो बराबरीसँगै संकटाले १६ अंक बनाएको छ भने जावलाखेलले १३ अंक बनाएको छ।

खेलपछि जावलाखेलका प्रशिक्षक केसीले भने, ‘आजको खेलमा चाहिँ तीन अंक खोज्ने हिसाबले आएको हो। एक अंकमा चित्त बुझाउनु पर्यो। त्यसैले गर्दा हामी नवौं पोजिसनमा बसिएला जस्तो देखिएन।’

उनले अब लिगपछि मोफलसका प्रतियोगिता खेल्ने पनि बताएका छन्। उनले भने, ‘हामीले अब मोफसल गोल्डकप खेल्ने छौं। हामी राम्रो गर्नेछौं। हामी झापा गोल्डकप खेल्न जाने हो र जित्ने लक्ष्य रहेको छ विदेशी खेलाडी रहेको अवस्थामा।’

यसैबीच, सहिद स्मारक ए डिभिजन लिगको ८७ औं खेलमा संकटाका खेलाडी एकजन मान तुलाधरले फुटबल जीवनबाट संन्यासको घोषणा गरेका छन्। लामो समय संकटा क्लबबाट नेपाली फुटबलमा रमाएका तुलाधरले संकटाबाट अन्तिम पटक खेल्दै संन्यास लिएका हुन्।

तुलाधर २०५५ सालको पहिलो ब्याचको एन्फा एकेडेमीका मिडफिल्डर हुन्। २०६० बाट संकटाबाट खेलेका उनी अहिले अष्ट्रेलियामा युनाइटेड फुटबल क्लबमा छन्। उनले यू १८ यू २३ को राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन्। पछि अध्ययनको सिलसिलामा उनी अष्ट्रेलिया पुगे र नेपालीहरुले नै बनाएको क्लबबाट त्यहाँको एक लिग खेल्न थाले।

एन्फाको त्यो पहिलो ब्याच पपुलर ब्याच थियो।  उनले संन्यास लिएपछि भने, ‘पहिले खेल्दा, १७ वर्षअघि र अहिले खेल्ने भोक चाहिँ उस्तै छ। खेल्न न मन परिहाल्छ। अष्ट्रेलियामा पनि खेलहरु भइरहेका छन्। तर यहाँ रंगशालामा आएर विदाइ हुन पाउँदा खुसी लागेको छ।’
प्रकाशित: Feb 26, 2022| 06:55 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।