आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ यू–१८ जित्ने लक्ष्यका साथ यस्तो छ नेपाली महिला टिमको तयारी

साफ यू–१८ जित्ने लक्ष्यका साथ यस्तो छ नेपाली महिला टिमको तयारी

पछिल्लो साफमा नेपाल, भारत र बंगलादेशको प्रदर्शन राम्रो थियो। अहिले तिनै तीन टिम दोहोरो राउन्ड रोबिनमा खेल्दैछन्। नेपालले भारत र बंगलादेश दुवै टिमसँग जित निकाल्न सकेको थिएन।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं– नेपाली यू–१८ राष्ट्रिय महिला टोलीले भारतको जमशेदपुरमा यही चैत १५–२५ सम्म हुने साफ यू–१८ महिला च्याम्पियनसिपका लागि प्रशिक्षण सुरु गरेको छ। मुख्य प्रशिक्षक दर्शन भक्तराज श्रेष्ठले ४० खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएका छन्। 

National life

उनले पहिले यू–१६ खेल्दा नेपाली टिमले गरेको प्रदर्शनका साथै पछिल्लो समय एन्फाले आयोजना गरेको उपमेयर कपको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको बताएका छन्। उनले भने, ‘समय छोटो भएकाले हामीले पहिले नै गरेको प्रदर्शनलाई आधार मानेर यो नाम निकालेको हो। बन्द प्रशिक्षणमा ४० खेलाडीलाई छानेका छौं,’ उनले भने। यसका लागि अर्को विशेष छनोट नभएको श्रेष्ठले नेपाल समयसँगको कुराकानीमा बताएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा फागुन २१ गतेदेखि सुरु भएको बन्द शिविरमा सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य रहेका छन्। उनीहरुले अहिले नेपाली टिमको प्रशिक्षण सम्हालिरहेका छन्। आफूले बोलाएका खेलाडीहरुमा अनुभवको कमी भए पनि प्रतियोगिता जित्नेमा विश्वस्त रहेको प्रशिक्षक दर्शन बताउँछन्। उनले भने, ‘त्यो समयको भन्दा नराम्रो टिम त छैन। हाम्रो टिम पनि सन्तुलित नै छ। अब हामीले प्रतियोगिता जित्ने गरी नै तयारी गर्ने हो।’

 मुख्य प्रशिक्षक दर्शन भक्तराज श्रेष्ठले ४० खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएका छन्। 

अहिले दर्शनको टिमले नेपाली टिम कप्तानको रुपमा प्रिति राईलाई नै राखेको छ। प्रितिले नेपाली सिनियर महिला टिममा डेब्यू गरिसकेकी छन् भने यू–१५ मा पनि कप्तानी गरेको अनुभव उनीसँग छ।

पछिल्लो वर्ष बंगलादेशमा भएको यू–१९ को प्रतियोगितमा नेपाली टिमको कप्तान अञ्जना राना मगर थिइन्। उनको कप्तानीमा नेपालले उपाधि नजिते पनि नेपालले राम्रो प्रदर्शन गरेको थियो।

Laxmi sunrise bank
kumari

तर यो साफमा उनी हुने छैनन्। उनीसँगै धेरै खेलाडी यू–१८ मा नपर्ने भइसकेका छन्। त्यो प्रतियोगिताको तुलनामा अनुभवी खेलाडी कम हुने हुँदा केही अप्ठ्यारो भएको प्रशिक्षक श्रेष्ठ बताउँछन्। ‘अञ्जना अनुभवी खेलाडी थिइन्। उनी नहुँदा अहिलेको टिममा भने केही कमजोर नै देखिएको छ। अनुभवको कमी छ। विशेषतः गोलकिपरमा पनि पछि छौं,’ उनले भने।

प्रशिक्षक दर्शन भक्तराज श्रेष्ठ

च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेश गरी तीन टोली खेल्दैछन्। प्रतियोगिता डबल राउण्ड रोबिन ढाँचामा खेलाइने छ, जसमा उच्चतम अंक प्राप्त गर्ने टोली च्याम्पियन हुनेछ। पछिल्लो साफमा नेपाल, भारत र बंगलादेशको प्रदर्शन राम्रो थियो। अहिले तिनै तीन टिम दोहोरो राउन्ड रोबिनमा खेल्दैछन्। नेपालले भारत र बंगलादेश दुवै टिमसँग जित निकाल्न सकेको थिएन।

त्यो साफमा राम्रो प्रदर्शन गरेको बंगलादेशले उपाधि जितेको थियो। भारतसँगको खेलमा त नेपालले रक्षात्मक नै भएर खेलेको थियो। अहिले भारतीय यू १७ टिम आयोजना स्थल जमशेदपुरमै अभ्यास गरिरहेका छन्। उनीहरुका लागि खेल अभ्यासको अतिरिक्त मनोवैज्ञानिक कक्षाहरु पनि सञ्चालन गरिएको छ।

त्यो टिमले आगामी अक्टोबरमा हुने विश्वकप पनि खेल्दैछ। यू १७ कै सिल्की देवी र सुमोन्डले सिनियर टिममा स्थान बनाइसकेका छन्। त्यस्तै, पछिल्लो साफमा खेलेका आस्ताम ओरान, नितु लिन्डालगायतका खेलाडी छन्। तीमध्ये धेरै खेलाडीले यू १८ साफमा सहभागिता जनाउनेछन्।

त्यस्तै, पछिल्लो समय बंगलादेशको महिला टिमले धेरै प्रगति गरिरहेको छ। यहि साफ प्रतियोगिताका लागि भनेर उसले विभिन्न सिनियर महिला क्बलहरुसँग मैत्रीपूर्ण खेल पनि खेलिसकेको छ। 

बंगलादेशको यू १८ फुटबल टिम

त्यसो त उसको सिनियर टिममा पनि धेरै जुनियर खेलाडी रहेका छन्। उनीहरुले लामो समय उमेर समूहमा एकै टिममा खेलेका छन्। पछिल्लो यू–१९ साफमा नेपाली टिमको अवस्था पनि उस्तै थियो। तर अहिले त्यो प्रतियोगिता खेलेका ११–१२ खेलाडी मात्र टिममा रहको प्रशिक्षक श्रेष्ठ बताउँछन्।

त्यो टिमका महत्वपूर्ण रहेका प्रिति राई र मञ्जु कुमारी खड्काबाहेक अरु टिममा छैनन्। सविता राना मगर, मेनुका कुमारी आले मगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, पूजा राना मगर, सलोनी श्रेष्ठजस्ता खेलाडी सिनियर हुनुका साथै अहिले पनि पहिलेजस्तै तयारी छोटो हुनुले टिममा असर गर्न सक्छ।

प्रशिक्षक श्रेष्ठ पनि त्यो कुरा स्वीकार गर्छन्। भन्छन्, ‘अहिले तयारी हेर्दा चाहिँ त्यो देखियो। हामीले तयारी केहि लामो गर्न सकिन्थ्यो। एन्फाले किन गरेन त्यो मलाई थाहा भएन।’ यद्यपि उनले खेलाडी खेल्नका लागि उत्साहित रहेको र प्रतियोगिता जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

पछिल्लो साफमा नेपाल, भारत र बंगलादेशको प्रदर्शन राम्रो थियो। अहिले तिनै तीन टिम दोहोरो राउन्ड रोबिनमा खेल्दैछन्। नेपालले भारत र बंगलादेश दुवै टिमसँग जित निकाल्न सकेको थिएन।

‘म प्रतियोगिता जित्नेमा विश्वस्त छु,’ उनले भने, ‘पहिलो कुरा हामीले खेलाडीलाई प्रेरणा दिने हो। त्यसमाथि पछिल्लो साफ खेलेको १०–१२ खेलाडी हामीसँग छन्। त्यसले सहयोग गरेको छ।’ अहिले नयाँ आउने खेलाडीको प्रदर्शन पनि राम्रो रहेको उनले बताए। अहिले महिला लिग सुरु हुने अवस्थामा छ। चैत १५ गतेबाट चितवनमा महिला लिग सुरु हुँदैछ। खेलाडीले त्यो लिगको पनि तयारी गरिरहेका थिए। यू १८ मा परेका नयाँ खेलाडीले महिला लिग तयारी गरिरहेका कारण नयाँ खेलाडी पनि कमजोर अवस्थामा नरहेको प्रशिक्षक श्रेष्ठ बताउँछन्।

अब श्रेष्ठले आइतबार पहिलो चरणको छनोट गरेर नाम सार्वजनिक गर्ने बताएका छन्। त्यसपछि दुई चरणमा छनोट गरेपछि नेपाली टिमको टुंगो लाग्नेछ।

प्रतियोगिता मार्च १५ देखि २६ सम्म भारतमा आयोजना हुँदैछ। अहिले प्रतियोगिताको फर्म्याट केहि परिवर्तन भएको छ। तीन देश मात्र सहभागी भएपछि अब यी देशले आपसमा डबल राउन्ड रोबिनमा खेल्नेछन्। त्यो विजेताले नै उपाधि जित्नेछ। ‘यो शैलीबाट हामीलाई घाटा–नाफा भन्ने छैन। सबै टिम बराबरी भएकाले यसै भन्न सकिन्न। हामी पनि टफ फाइट दिने हो,’ उनले भने।

यी तीन टिम दक्षिण एसियाक उत्कृष्ट टिम हुन्। त्यसलाई च्याम्पियन्स लिगका हिसाबले लिन सकिने कुरामा पनि प्रशिक्षकको सहमति छ। 

प्रकाशित: Feb 25, 2022| 11:50 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।