बुधबार, वैशाख १९, २०८१

‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’२०१८ नेपालमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ यही साउन ११ र १२ गते राजधानीमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८  हुने भएको छ। 

सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट) ले नेपालमै पहिलो पटक यस्तो समिट गर्न लागेको जानकारी दियो। ‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’भन्ने मूल नारासहित हुने समिट होटल र्‍याडिसनमा हुनेछ।यस समिटको पूर्वसन्ध्यामा साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि-समिट वर्कसप सञ्चालन हुनेछ।

विश्वप्रसिद्ध आइटी र नेटवर्किङ कम्पनी सिस्कोको मुख्य प्रायोजन तथा टेक्सास इन्टरनेशनल कलेज, लगप्वइन्ट, चेकप्वइन्ट, कास्परस्की लगायतको सहप्रायोजनमा हुने यस ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ मा सूचना प्रविधि क्षेत्रमा आबद्ध व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीहरुका साथमा आइटी विद्यार्थीहरुको सहभागिता हुनेछ।

साउन ११ गते हुने प्रि–समिट वर्कसपलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र इसी काउन्सिलले सहजीकरण गर्नेछन्, जुन समिटको दिनमा पनि निरन्तर हुनेछ। समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरु बारे छलफल हुने एनपीसर्ट अध्यक्ष एवं समिटका संयोजक चिरञ्जिवी अधिकारीले जानकारी दिए। 

‘विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ। व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि समिटमा हुने छ,’ अधिकारीले भने।

समिटमा साइबर सेक्युरिटीसम्बन्धी पूर्वाधार निर्माण गर्न विश्वव्यापी रुपमा भइरहेका अभ्यासहरुको जानकारी समेत दिइने उनले बताए। समिटमा साइबर सुरक्षाका जोखिम न्यूनिकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने, नेपालमा नेशनल सर्टको लागि आधार तयार पार्नेलगायतका विषयमा गम्भीर छलफल हुनेछ।

सो अवसरमा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का उपकुलपति प्रा. डा. जीवराज पोखरेलले सूचना प्रविधिको उच्च प्रयोग गर्ने सन्दर्भमा व्यक्तिगत र संगठनका सूचना दूरुपयोग हुने खतरा बढिरहेको र यसलाई न्यूनिकरण गर्न सामूहिक प्रयत्न रहेको भनाइ राखे।  

समिटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन, र की-नोट लेक्चर रहने जानकारी दिइयो। यो अवसरमा सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु, व्यवसायीहरु, सरकारी अधिकारीहरु, कर्मचारीहरु, क्लाइन्ट र ग्राहकहरुबिच अन्तरक्रिया गर्न सक्नेछन्। 

यो समिटलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, क्यान महासंघ, इन्टरनेट सोसाईटी, नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन्।

समिटको की-नोट स्पिकरमा आइक्यानका एसिया प्यासिफिक स्ट्याबिलिटी एन्ड रिजलेन्स म्यानेजर चाम्पिका वाइजायातुङ्गा र सिस्कोको भारत तथा सार्क क्षेत्र हेर्ने पार्टनर बिजनेश ग्रुपका सेक्युरिटी लिड विवेक श्रीवास्तव रहेका छन्। 

यसका साथमा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुको समिटमा प्रस्तुति रहनेछ । समिटमा सहभागी हुन चाहने व्यक्तिहरुले एनपीसर्टको वेबसाइटमा गई रजिस्ट्रेसन गर्न सक्नेछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...