मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मतदाता नामावली अद्यावधिक

मतदाता नामावली अद्यावधिक एवं दाबी विरोधको कार्यक्रम फागुन २० गतेदेखि २६ सम्म कायम रहेकाले यसमा सबै मतदाता एवं राजनीतिक दलहरू चनाखो हुनुपर्ने भनिएको छ।
 |  बिहीबार, फागुन १२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

विराटनगर- प्रदेश निर्वाचन कार्यालय १ नं प्रदेश विराटनगरद्वारा आज यहाँ स्थानीय तह निर्वाचन २०७९ का लागि मतदाता नामावली अद्यावधिक गर्ने विषयमा सरोकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न गरेको छ। सो अवसरमा मतदाता नामावली अद्यावधिक एवं दाबी विरोधको कार्यक्रम फागुन  २० गतेदेखि २६ सम्म कायम रहेकाले यसमा सबै मतदाता एवं राजनीतिक दलहरू चनाखो हुनुपर्ने भनिएको छ।

triton college

जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी, सञ्चारकर्मीको सहभागिता रहेको सो कार्यक्रममा निर्वाचनलाई सहज एवं सरल बनाउन मतदाता नामवलीमा हुने त्रुटि समयमै सच्याउनुपर्ने भन्दै मतदाता परिचयपत्रले निर्वाचनलाई विवादरहित, धाँधलीरहित, स्वतन्त्र एवं निष्पक्ष बनाउने भएकाले यसमा सबैको ध्यान जानुपर्ने बताइएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई लक्षित गरी राज्यले मतदाता परिचयपत्रमा गरेको खर्चलाई खेर जान नदिन परिचयपत्र सुरक्षित राख्नुपर्ने धारणा राख्दै मतदानका लागि राज्यले वितरण गरेको मतदाता परिचयपत्रले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन मद्दत गर्ने विचार व्यक्त गरे।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले आसन्‍न निर्वाचनलाई व्यवस्थित गर्न आयोगले तयार गरेको कार्यक्रम एवं प्रक्रियामा सबैको सहभागीता आवश्यक रहेको बताए। मोरङमा हालसम्म सात लाख १० हजार हाराहारीमा मतदाता छन्।

प्रकाशित: Feb 24, 2022| 22:30 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।