शुक्रबार, फागुन २२, २०८२

ओमनविरुद्ध नेपाललाई ९ विकेटको जित

आईसीसी टी–२० विश्वकपको ग्लोबट छनोटबाट बाहिरिसकेको नेपालले खेलमा ८८ रनको लक्ष्य पाएको थियो। जवाफमा एक मात्र विकेट गुमाएर २२ बल बाँकी रहँदै नेपालले निधारित लक्ष्य पूरा गर्‍यो।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- विश्वकप छनोटमा बाहिरिए पनि नेपालले ओमनलाई हराउँदै प्रतियोगिताको तेस्रो स्थान हात परेको छ। ओमनको अल अमरेत मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले ओमनलाई ९ विकेटले हराएर जित हात परेको हो।

आईसीसी टी-२० विश्वकपको ग्लोबट छनोटबाट बाहिरिसकेको नेपालले खेलमा ८८ रनको लक्ष्य पाएको थियो। जवाफमा एक मात्र विकेट गुमाएर २२ बल बाँकी रहँदै नेपालले निधारित लक्ष्य पूरा गर्‍यो।

टस जितेर ब्याटिङ रोजेको ओमनले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर ८७ रन बनाएको थियो। ओमनका लागि जिसम मक्सुदले २१ रन बनाए भने आयन खानले १६ रनको योगदान दिए। त्यस्तै, निशम खुसीले १५ रन बनाए।

नेपाली टिमका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिँदा कमल सिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा र सागर ढकालले समान १–१ विकेट गिराए।

जवाफमा नेपालका कुशल भुर्तेलले अविजित ५५ रन बनाए भने आरिफ शेखले १३ रनको योगदान दिए। त्यस्तै आशिफ शेखले अविजित २१ रन बनाए। नेपालको एक मात्र विकेट जिसम मक्सुदले गिराएका थिए।

kumari

प्रकाशित: Feb 24, 2022| 18:53 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।