शुक्रबार, फागुन २२, २०८२

एसियन कप छनोट : कठिन समूहमा पर्‍यो नेपाल

‘एएफसी एसियन कप चीन २०२३’ को तेस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– ‘एएफसी एसियन कप चीन २०२३’ को तेस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया परेका छन्।  

यो समूहका खेल कुवेतमा ८ जुनदेखि १४ जुनसम्म हुने भएका छन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्नेछ।

समूहमा शीर्ष हुने टिम एसियन कपका लागि छनोट पक्का छ भने दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ। तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूह मध्ये दोस्रो हुने उत्कृष्ट पाँच टिम एसियन कपमा छनोट हुनेछन्।

यसअघि नेपालले गत असारमा दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो। पाँच टिम रहेको समूहमा चौथो भएको नेपाल तेस्रो चरणका लागि छनोट भएको थियो। नेपालले दोस्रो चरणमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। दुवै टिमसँग नेपाल दुवै लेगको खेलमा पराजित भएको थियो।

समूह एः जोर्डन, कुवेत (एच), इन्डोनेसिया, नेपाल

kumari

समूह बीः प्यालेस्टाइन, फिलिपिन्स, यमन, मंगोलिया (एच)

समूह सीः उज्वेकिस्तान (एच), थाइल्याण्ड, माल्दिभ्स, श्रीलंका

समूह डीः भारत (एच), हङकङ, अफगानिस्तान, कम्बोडिया

समूह ईः बहराइन, तुर्कमेनिस्तान, मलेसिया (एच), बंगलादेश

समूह एफः किर्गिज गणतन्त्र (एच), ताजिकिस्तान, म्यानमार, सिंगापुर



प्रकाशित: Feb 24, 2022| 14:21 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।