शुक्रबार, फागुन २२, २०८२

विश्वकप छनोटमा तेस्रो स्थानका लागि नेपाल र ओमन भिड्दै

ओमनमा जारी नेपाल टी २० ग्लोबल छनोटमा आज नेपालले आयोजक ओमनको सामना गर्दैछ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- ओमनमा जारी नेपाल टी २० ग्लोबल छनोटमा आज नेपालले आयोजक ओमनको सामना गर्दैछ। ओमनको क्रिकेट एकेडेमीमा हुने खेलमा आज तेस्रो स्थानको छिनोफानोका लागि नेपालले ओमनको सामना गर्नेछ।

टी २० ग्लोबल छनोटको दौरान नेपाली टिमका धेरै उथलपुथल भएको छ। पछिल्लो दुई हप्तामा नेपालको बरिएता तीन स्थानले खस्किएको छ भने नेपालको भरपर्दा खेलाडी पूर्ण फिट नभएपछि टिममा छैनन्।

सोमपाल कामी टिममा नै परेनन् भने टिममा परेका करण केसीले पनि पेटको चोटका कारण प्रतियोगिता गुमाएका थिए।

त्यस्तै, नेपालका ओपनर आशिफ शेख, युवा आक्रामक ब्याट्सम्यान लोकेश बम र कुशल मल्लले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्।

नेपाली अनुभवी अलराउन्डर शरद भेषवाकर पनि फिट नभएपछि उनको ठाउँमा गुल्सन झालाई राखिएको थियो। धेरै परिवर्तनका बाबजुद यो प्रतियोगिता सन्दीपको कप्तानीमा नेपालको पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

kumari

यो छनोटबाट नेपालले यही वर्ष अस्ट्रेलियामा हुने टी २० विश्वकपमा पुग्ने अवसर पनि गुमाएको छ। छनोटको सेमिफाइनलमा नेपालले युएईसँग हार बेहोरेपछि नेपालको विश्वकप यात्रा टुंगिएको हो।

आज नेपालले अर्को सेमिफाइनलमा आयरल्यान्डसँग पराजित भएको ओमनको सामना गर्दैछ। पछिल्ला दुई खेलमा नेपालले ओमनविरुद्ध जित निकालेको छ। आज पनि नेपालले जित निकाल्न सके नेपाली टिम छनोटमा तेस्रो हुनेछ।

आजकै खेलमा बहराइनले क्यानडाको सामना गर्नेछ भने जर्मनीले फिलिपिन्ससँग पनि खेल्नेछ। यी दुवै खेल दिउँसो पौने १२ बजे हुनेछ। नेपाल र ओमनको खेल भने दिउँसो पौने चार बजे सुरु हुनेछ।

प्रकाशित: Feb 24, 2022| 11:33 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।