आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिगः बराबरीमा रोकिए एट्लेटिको र म्यानचेस्टर युनाइटेड

च्याम्पियन्स लिगः बराबरीमा रोकिए एट्लेटिको र म्यानचेस्टर युनाइटेड

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिड म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिड म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ। एट्लेटिकोको मैदानमा सम्पन्न खेलमा युनाइटेडले पुनरागमन गोल गरेपछि खेल १-१ को बराबरीमा रोकिएको हो।

National life

वान्डा मेट्रोपोलिटानो रंगशालामा खेलको सातौं मिनेटमा गोल गर्दै एट्लेटिकोले अग्रता बनाएको थियो। यससँगै पहिलो हाफमा एट्लेटिको एक गोलले अघि रह्यो।

तर खेलको ८०औं मिनेटमा युनाइटेडका एन्थोनी एलान्गाले गोल गरेपछि खेल बराबरी भएको थियो। अब यी दुई टिमबीचको दोस्रो लेगको खेल युनाइटेडको मैदानमा मार्च १६ तारिखमा हुनेछ। त्यो खेलमा जित निकाल्ने टिम अन्तिम आठमा प्रवेश गर्नेछ।

गएराति नै सम्पन्न भएको च्याम्पियन्स लिगकै अर्को खेलमा बेन्फिका र आयाक्सले बराबरी खेलेका छन्। बेन्फिकाको मैदानमा भएको खेलमा आयाक्सले दुई पटक अग्रता बनाए पनि घरेलु टिमले पुनरागमन गोल गर्दै खेललाई बराबरीमा रोकेको हो।

बेन्फिकाका लागि एक गोल भने आयक्सका सेबास्टियन हलरले आत्मघाती गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 24, 2022| 08:55 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।