शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेरी र सुस्मिताको घातक बलिङमा मेयर ११ विरुद्ध लुम्बिनीको रोमाञ्चक जित

नेरी र सुस्मिताको घातक बलिङमा मेयर ११ विरुद्ध लुम्बिनीको रोमाञ्चक जित

दोस्रो संस्करणको ललितपुर मेयर महिला टी२० च्याम्पियनसिपमा बुधबार ललितपुर मेयर ११ विरुद्ध लुम्बिनी प्रदेशले रोमाञ्चक जित निकालेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- दोस्रो संस्करणको ललितपुर मेयर महिला टी२० च्याम्पियनसिपमा बुधबार ललितपुर मेयर ११ विरुद्ध लुम्बिनी प्रदेशले रोमाञ्चक जित निकालेको छ। लुम्बिनीकी नेरी थापाले अन्तिममा तीन विकेट लिँदै आफ्नो पक्षमा पारेको खेलमा उसले मेयर ११ लाई दुई रनले हराएको हो।

खेलको १८ ओभर सकिँदा चार विकेट गुमाएर ८० रन बनाएको मेयर ११ सहज अवस्थामा थियो तर लुम्बिनीले अन्तिममा घातक बलिङ गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पुरा ओभर खेल्दै चार विकेट गुमाएर ९४ रन बनाएको थियो। जवजाफमा मेयर ११ ले ९२ रन मात्र बनाउन सक्यो।

जवाफमा मेयर्स ११ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९२ रन मात्र बनायो। लुम्बिनीले अन्तिम दुई ओभरमा पाँच विकेट गिराएको थियो। व्यक्तिगत अन्तिम ओभरमा सुस्मिता भुषालले दुई विकेट लिइन भने आफ्नो अन्तिम ओभरमा नेरी थापाले तीन विकेट लिइन्। समग्रमा भुषालले दुई र थापाले चार विकेट गिराए।

खेलको पहिलो पारीमा लुम्बिनीका सरस्वती पुनले २०, सरस्वती जिएमले ३१ रन बनाएकी थिइन्। त्यतिबेला मेयर ११ का सुमन खतिवडाले तीन र सिला क्षेत्रीले एके विकेट लिएकी थिइन्।

kumari

जवाफमा मेयर ११ का कन्चन श्रेष्ठले २२ तथा अस्मिना कर्माचार्यले २० रनको योगदान दिइन्। यता लुम्बिनीका नेरी र सुस्मिता बाहेक कृतिका मरासिनीले तीन विकेट  लिइन्।

प्रकाशित: Feb 24, 2022| 08:40 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।