शुक्रबार, फागुन २२, २०८२

आर्मी र टाइम्स खुला बास्केटबल प्रतियोगिताको फाइनलमा

नेपाल आर्मी र टाइम्स लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- नेपाल आर्मी र टाइम्स लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले रोयल बास्केटबल एकेडेमीलाई ८२-७३ ले पराजित गर्‍यो। आर्मीका रोविन खत्रीले १७ अंक जोडे। रोयलका निकेश मगरले २५ स्कोर गरे पनि टिमलाई जित दिलाउन सकेनन्।

सुरुका तीन क्वाटरमा आर्मीले २१-१८, २४-१३ र १९-१६ को अग्रता लिँदै जितको आधार खडा गरेको थियो। अन्तिम तथा चौथो क्वाटरमा भने आर्मी १८-२६ ले पछि पर्‍यो।

हारसँगै रोयल दोहोरो फाइनल खेल्नबाट चुक्यो। महिलाको राउन्ड रोविन लिगमा भने रोयल विजेता बन्दै फाइनल पुगिसकेको छ। रोयलले नेपाल प्रहरीसँग उपाधि भिडन्त पक्का गरेको हो।

अर्को सेमिफाइनलमा टाइम्सले गोल्डेनगेटलाई ८४-६७ ले हरायो। टाइम्सका विजय बुर्जाले २५ अंक बटुले। चौथो क्वाटर २०-२० को बराबरीमा टुंगियो भने बाँकीमा टाइम्सले अग्रता लियो। टाइम्सले पहिलोमा २३-१४, दोस्रोमा २३-१९ र तेस्रोमा १८-१४ को अग्रता बनायो।

kumari

महिलातर्फ राउन्ड रोविन लिगको अन्तिम खेलमा रुपन्देहीले कीर्तिपुरलाई ४५-४१ ले पन्छायो। रुपन्देहीकी दीपिका गुरुङले २२ स्कोर गरिन्। कीर्तिपुरका लागि प्रजिता कार्कीले १५ अंक जोडिन्। पाँच टिम सहभागी महिलामा रुपन्देही चौथो भयो। पराजित कीर्तिपुर पुछारमा रह्यो। ललितपुर हाइले तेस्रो स्थानमा स्पर्धा टुंगायो।

नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुने छ।

प्रकाशित: Feb 24, 2022| 08:30 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।