आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिगको अन्तिम चरणमा मध्य तालिकामा तीव्र प्रतिस्पर्धा

ए डिभिजन लिगको अन्तिम चरणमा मध्य तालिकामा तीव्र प्रतिस्पर्धा

सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरण आजबाट हुँदैछ। यो चरणका तीन खेल सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ भने चार खेल दशरथ रंगशालामा हुनेछ भने।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरण आजबाट हुँदैछ। यो चरणका तीन खेल सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ भने चार खेल दशरथ रंगशालामा हुनेछ भने।

National life

९१ खेलको लिगमा अब अन्तिम चरणका सात खेल मात्र बाँकी छन्। त्यसमा ८५औं, ८८औं र ८९औं खेल सातादोबाटोमा हुनेछन्।

८५औं खेलमा च्यासलले सातदोबाटो यूथ क्लबको सामना गर्नेछ भने ८८ औं खेलमा ब्रिगेड बोइज क्लबले थ्रीस्टारको सामना गर्नेछ। त्यस्तै, ८९ औं खेलमा भने एनआरटीले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

लिगको अघिल्लो चरणमा नै रेलिगेस पर्ने टिमको टुंगो लागिसकेको र त्यसअघि नै च्याम्पियन टिमको पनि निधो भइसकेको कारण अन्तिम चरणको खेल अंकतालिकामा बीचका क्लबका लागि आफ्नो स्थान सुधार गर्ने अवसरका रूपमा रहने छ।

आफ्नो अन्तिम चरणमा जित निकाल्दै आज सातादोबाटो स्थान सुधार गर्ने दाउमा रहनेछ। आज एक बजे हुने खेलमा सातदोबाटोले च्यासल यूथ क्लबको सामना गर्नेछ। च्यासल तालिकाको पुछारमा रहँदै रेलिगेसमन परिसकेको छ। यद्यपी उसलाई लिगको अन्तिम खेलमा जित निकालेर बिदाइ हुने अवसर भने छ।

Laxmi sunrise bank
kumari

तर सातादोबाटो उसलाई हराएर स्थान सुधार गर्ने दाउमा हुनेछ। आजै हुने दोस्रो खेलमा दशरथ रंगशालामा हुनेछ। दशरथ रंगशालामा हिमालयन शेर्पा क्लबले फ्रेन्ड्स क्लबको सामना गर्नेछ।

दुवै टिम जित निकाल्दै अघि बढ्ने दाउमा हुनेछन्। ‘रेलिगेसन र च्याम्पियन तय भइसक्यो। त्यसैले यो खेल हामी तालिकाको स्थान सुधारका लागि खेल्नेछौं। यसले अर्को सिजनमा आउँदा प्रेरणा पनि हुन्छ नि,’ प्रशिक्षक युगल किशोर राईले भने।

उनले सिजनमा एकरूपताको फुटबल खेल्न नसकेको भन्दै आफ्नो आलोचना गरे। उनले सुरु नराम्रो भए पनि पछि राम्रो हुँदै गएको बताएका छन्।

यता फ्रेन्ड्स क्लब भने रेलिगेसनमा लामो संघर्ष गरेर बचेको हो। त्यसैले ऊ पनि अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद सुरुआत गर्ने पक्षमा छ।

फ्रेन्डका प्रशिक्षक मृगेन्द्र मिश्र भन्छन्, ‘सुरुका राम्रो भए पनि बीचमा लय बिग्रियो। तर बिबिसीलाई हराएर हामी रेलिगेसनबाट बच्यौँ। हाम्रो खेलाडीले राम्रो प्रदर्शन गरे पनि नतिजा आएन। मेरो यो सिजन ए डिभिजनमा टिम जोगाउने मात्र लक्ष्य थियो।’ त्यसमा मृगेन्द्र सफल रहे। उनले अर्को वर्ष धेरै लगानी गरेर राम्रो खेल्ने पनि बताएका छन्।

प्रकाशित: Feb 24, 2022| 08:00 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।