शुक्रबार, फागुन २२, २०८२

दुई हप्तामै तीन स्थान खस्कियो नेपालको टी २० वरीयता

विश्व वरीयतामा अघि रहेका कारण आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा पुगेको नेपालको टी २० वरीयता दुई हप्तामै तीन स्थान खस्किएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– विश्व वरीयतामा अघि रहेका कारण आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा पुगेको नेपालको टी २० वरीयता दुई हप्तामै तीन स्थान खस्किएको छ। बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल अहिले १५ औं स्थानमा छ।

नेपाली क्रिकेट टिम ग्लोबल क्वालिफायर खेल्न ओमन जानुअघि नेपाल विश्व वरीयताको १२ औं स्थानमा थियो। एसोसिएट देशहरुमध्ये त्यो वरीयता निकै माथिको हो। गएको वैशाखमा नेपालले घरेलु मैदानमा सानदार प्रदर्शन गर्दै तीन देशबीचको सिरिज जितेपछि नेपालको वरीयता १२ औं स्थानमा पुगेको थियो।

तर, ग्लोबल क्वालिफायरको सेमिफाइनलमा नेपालले हार बेहोरेपछि अहिले नेपाल १५ औं स्थानमा झरेको छ। यसअघि १५ फेब्रुअरीमा जारी गरिएको वरीयता अनुसार नेपालले एक स्थान गुमाएको थियो। त्यसपछि नेपाल १३ स्थानमा झरेको हो। ओमनमा फेब्रुअरी १४ मा सम्पन्न चारदेशीय सिरिजका दुई खेलमा नेपालले हार बेहोरेपछि नेपालको वरीयता खस्किएको थियो।

नेपालको वरीयता खस्किएपछि नेपाललाई पछि पार्दै यूएई तेस्रो स्थानमा उक्लिएको थियो। ग्लोबल क्वालिफायरमा चार खेलमध्ये तीन खेलमा जित निकालेर एक खेलमा हार बेहोरेपछि नेपालले थप दुई स्थान गुमाएको हो।

अहिले नेपालभन्दा अघि १४ औं स्थानमा आयरल्यान्ड रहेको छ भने १३ औं स्थानमा स्कटल्यान्ड रहेको छ। त्यस्तै, १२ औं स्थानमा यूएई यथावत् छ भने जिम्बावे ११ औं स्थानमा छ।

kumari

वरीयताको शीर्षदेखि १० औं स्थानससम्म क्रमशः भारत, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्।

नेपालभन्दा पछि नामिबिया, नेदरल्यान्ड र ओमन क्रमशः १६ औं, १७ औं र १८ औं स्थानमा छन्। एक दिवसीय वरीयतामा भने नेपाल १६ औं स्थानमा छ।

प्रकाशित: Feb 23, 2022| 13:04 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।