आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सुदूरपश्चिमलाई हराउँदै टी २० क्रिकेटमा एपीएफले निकाल्यो लगातार दोस्रो जित

सुदूरपश्चिमलाई हराउँदै टी २० क्रिकेटमा एपीएफले निकाल्यो लगातार दोस्रो जित

ललितपुर मेयर महिला टी २० क्रिकेट च्याम्पियनसिपअन्तर्गत बुधबार दिउँसो सम्पन्न खेलमा विभागीय टिम एपीएफले जित निकालेको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं– ललितपुर मेयर महिला टी २० क्रिकेट च्याम्पियनसिपअन्तर्गत बुधबार दिउँसो सम्पन्न खेलमा विभागीय टिम एपीएफले जित निकालेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा एपीएफले सुदूरपश्चिमविरुद्ध ६ विकेटको जित निकालेको हो।

National life

सुदूरपश्चिमले दिएको ९१ रनको लक्ष्य पछ्याएको पीएएफले १६.५ ओभरमै लक्ष्य पूरा गर्दै जित निकालेको थियो। एपीएफलाई जित दिलाउन रोमा थापाले सर्वाधिक २३ रनको योगदान दिइन्।

लक्ष्य पछ्याउने क्रममा उसले चार विकेट गुमायो। जहाँ ज्योती पाण्डेले ११, इन्दु बर्माले १०, सरिता मगरले ९ बनाए। खेलमा ममता चौधरीले १४ रनका साथ अविजित रहिन्।

सुदूरपश्चिमका लागि इश्वरी विष्टले दुई तथा रितु कनोजियाले समान १–१ विकेट लिए। बाँकी दुई खेलाडी रनआउट भए।

टस जितेर ब्याटिङ राजेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर ८९ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले सबैभन्दा धेरै १८ रन बनाइन्। त्यस्तै, डली भट्टले ११ रनको योगदान दिइन्।

Laxmi sunrise bank
kumari

त्यो पारीमा एपीएफका सोनु खड्काले सर्वाधिक ३ विकेट लिइन्। करुणा भण्डारी र सरिता मगरले समान २–२ विकेट लिए। एक विकेट लिनेमा राजमती ऐरी रहिन्।।

च्याम्पियनसिपको पहिलो दिन मंगलबार भएको खेलमा एपीएफले प्रदेश १ लाई ६ विकेटले हराएको थियो। सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स ११ माथि ५८ रनको जित निकालको थियो।

बुधबारको दोस्रो खेलमा ललितपुर मेयर ११ ले लुम्बिनी प्रदेशको सामना गर्नेछ

प्रकाशित: Feb 23, 2022| 12:47 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।