काठमाडौं- युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियल र इटाललियन क्लब युभेन्ट्स बराबरीमा रोकिएका छन्। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा स्पेनिस घरेलु टोली भिल्लारियल र युभेन्टस १-१ गोलको बराबरीमा रोकिएका हुन्।
युभेन्टसका डुसन भ्लाहोबिकले खेलको पहिलो मिनेट नबित्दै गोल गरेर च्याम्पियन्स लिगमा सबैभन्दा छिटो डेब्यु गोल गर्ने खेलाडी बने।
पहिलो हाफमा युभेन्टस एक गोलले अघि रहे पनि दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कन सफल भयो। खेलको ६६औं मिनेटमा डानी परेजोले गोल गर्दै खेल बराबरीमा ल्याए। यी दुई टोलीबीच दोस्रो लेगको खेल मार्च १७ मा युभेन्टसको घरेलु मैदानमा हुनेछ।