शुक्रबार, फागुन २२, २०८२

प्रहरीले उपाधिका लागि रोयलसँग खेल्ने

नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ। राउन्ड रोविन लिगमा उपविजेता बन्दै फाइनल पुगेको प्रहरीले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसंग खेल्ने छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ। राउन्ड रोविन लिगमा उपविजेता बन्दै फाइनल पुगेको प्रहरीले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसंग खेल्ने छ। 

अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो। पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसंग मात्र पराजित भएको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रहरीले रुपन्देहीलाई ५०–३३ ले हरायो। प्रहरीकी अनुषा मल्लले १५ स्कोर गरिन् । रुपन्देहीकी दीपिका गुरुङले सर्वाधिक २२ अंक जोडे पनि टिमलाई जिताउन सकिनन्।

पहिलो क्‍वार्टरमा १७–९ को अग्रता बनाएको प्रहरी दोश्रोमा ६–७ को झीनो अन्तरले पछि पर्‍यो। बाँकी दुई क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले १५–८ र १२–८ को प्रदर्शन गर्‍यो।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टाइम्स र गोल्डेनगेटले सेमिफाइनल यात्रा तय गरे।

kumari

टाइम्सले कास्कीलाई ११३–६१ ले हरायो। टाइम्सका मविन्द्र क्षेत्री र कास्कीका राजेन्द्र पुनले समान २० स्कोर गरे । टाइम्स चारै क्वाटरमा अघि रह्यो। टाइम्सले २६–१०, ३२–१३, २८–१७ र २७–२१ अंक जोड्यो।

गोल्डेनगेटले ड्रिम टिमलाई १०२–७९ ले पाखा लगायो। गोल्डेनगेटका विक्रम डंगोलले २३ अंक बटुले। उता ड्रिम मिटका रविन बस्नेतले ३२ स्कोर गरेपनि जितका लागि पर्याप्त भएन।

सुरवातमा २०–१९ को साँघुरो अग्रता लिएको गोल्डेनगेट दोश्रोमा २६–२६ को बराबरीमा रोकियो। तेश्रोमा ३३–२२ र चौथोमा २३–१२ को अग्रता बनाउदै गोल्डेनगेटले जित सुनिश्चित गर्दै जित अन्तर पनि फराकिलो बनायो। सेमिफाइनलमा गोल्डेनगेटको भेट टाइम्ससंग हुने छ। अर्को सेमिफाइनल रोयल र नेपाल आर्मीबीच हुनेछ।

प्रकाशित: Feb 22, 2022| 18:59 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।