आइतबार, मंसिर ७, २०८२

विश्वकपमा पुग्न नेपाललाई १७६ रनको लक्ष्य

टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदानमा जारी खेलमा यूएईबाट नेपालले १७६ रनको लक्ष्य पाएको छ
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदानमा जारी खेलमा यूएईबाट नेपालले १७६ रनको लक्ष्य पाएको छ। ११ ओभरमै सय रन पूरा गरेको यूएईले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको हो।

National life

उसले निर्धारित २० ओभर खेल्दै सात विकेट गुमाएर १७५ रन बनाएको हो। यूएईको ब्याटिङमा भृत्य अरविन्द नायक रहे। उनले नै कमजोर अवस्थाबाट यूएईलाई सुरुमै उकासेका थिए। 

नेपालका जितेन्द्र मुखियाले दोस्रो ओभरमै पहिलो विकेट लिएपनि नेपाली बलिङमाथि युएईका ब्याटर हाबी भए। जितेन्द्रले दोस्रो ओभरको चौथो बलमा युएईका चिराग पुरीलाई आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

यसअघि भएको खेललाई नियाल्ने हो भने नेपालले पहिलो विकेट लिएपछि विपक्षी दबाबमा आउने गर्दथ्यो। तर यूएईविरुद्ध त्यस्तै हुन सकेन। व्यक्तिगत दोस्रो ओभरमा जितेन्द्रले १८ रनको सामना गर्नुपर्‍यो। त्यो समग्रमा चौथो ओभर थियो। यसरी खेलको सुरुमा धरमराको यूएईका भृत्य अरविन्दले खेलमा सानदार सुरुआत गरेका थिए। त्यो सबै १८ रन अरविन्दले नै प्रहार गरेका थिए। त्यसपछि नेपाल दबाबमा पर्‍यो।

आफ्नो पहिलो ओभरमा अभिनास बोहराले १८ रनको सामना गरे भने लामिछानेले पनि पहिलो ओभरमै १३ रन व्यहोरे। युएईको स्कोर ६ रनको कमजोर अवस्थाबाट ७२ रन बनाएका नायक रहेका अरविन्दलाई सन्दीपले सात ओभर तीन बलमा आउट गराएका थिए। अरबिन्दले २३ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए। त्यतिबेला यूएईको रन रेट नौभन्दा माथि थियो भने अरविन्दले २०० को स्ट्राइक रेट राखे।

Laxmi sunrise bank
kumari

मंगलबार ११ ओभर सकिँदासम्म सबैभन्दा धेरै रन बेहोर्नेमा अभिनास नै रहे। उनले पहिलो दुई ओभरमा ३० रन प्रदान गरे। पहिलो १० ओभर सकिँदा नेपालका कमल सिंह ऐरी र सन्दीप लामिछानेले मात्र सम्हालिएर बलिङ गर्न सके। त्यो अवस्था खेल सकिँदासम्म नै रह्यो। १० ओभर सकिँदा यूएईले दुई विकेट गुमाएर ८४ रन बनाएर सहज अवस्थामा पुगिसकेको थियो।

यूएईको ओपनिङमा चिरागसँगै मुहम्मद वासिम आएका थिए। चिरागले पाँच बलमा मा चार रन मात्र बनाउन सके। तर मुहम्मद वासिमले अर्धसतकिय पारी खेले। उनले ४८ बलमा चार चौका र चार छक्काको सहयोगमा ७० रन जोडेका हुन्।

त्यस्तै, मुहम्मद उसमानले पनि १७ रनको योगदान दिए भने जावर फरिदले ११ रन बनाए। जितेन्द्रले चिरागपछि बसिल अहमद र जावर फरिदलाई पनि पेवेलियन फर्काएका थिए। समग्रमा उनले तीन विकेट लिए।

नेपालले आज टस हारेर बलिङको अवसर पाएको थियो। सुरुका दुई ओभर खराब अवस्थाबाट गुज्रिएका अभिनासले आफ्नो तेस्रो ओभरमा भने दूई विकेट लिए। उनले ७० रन बनाएका मुहम्मद वासिम र १७ रन बनाएका मुहम्मद उसमानलाई आउट गराए। समग्रमा अभिनासले चार ओभर बलिङ गर्दै तीन विकेट लिएर ४६ रन खर्चिए।

यता जितेन्द्र मुखियाले तीन ओभर बलिङ गर्दै ३५ रन दिएर तीन विकेट लिए। त्यसबाहेक सन्दिपले एक विकेट लिए। कमल, आरिफ शेख र दिपेन्द्रले भने विकेट लिन सकेनन्।

प्रकाशित: Feb 22, 2022| 17:17 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।