शनिबार, वैशाख ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलको २५ सेकेन्डमा गोल गरेर सुमनले सम्झाए १८ सेकेन्डमा भएको त्यो गोल

खेलको २५ सेकेन्डमा गोल गरेर सुमनले सम्झाए १८ सेकेन्डमा भएको त्यो गोल

दशरथ रंगशालामा मंगलबार दिउँसो सम्पन्न खेल धेरै रोमाञ्चक नभए पनि प्रतिस्पर्धात्मक भने रह्यो। पुलिसले खेलको २५ सेकेन्डमै बनाएको अग्रता एपीएफले ४० औं मिनेटमा तोडेको थियो।
 |  मंगलबार, फागुन १०, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, फागुन १०, २०७८

vianetvianet

काठमाडौं– लिग होस् वा मोफसलमा हुने गोल्डकपका प्रतिस्पर्धा, विभागीय टिममध्ये को बलियो भन्ने होडबाजी र दाबी सधैं रहन्छ। त्यो हिसाबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय डर्बीको खेल सधंै रोमाञ्चक हुने गर्छ।

triton college

दशरथ रंगशालामा मंगलबार दिउँसो सम्पन्न खेल धेरै रोमाञ्चक नभए पनि प्रतिस्पर्धात्मक भने रह्यो। पुलिसले खेलको २५ सेकेन्डमै बनाएको अग्रता एपीएफले ४० औं मिनेटमा तोडेको थियो। खेलमा एपीएफ टिम सम्हालिनै नपाई गोल भएको थियो। पुलिसका डिफेन्डर कपिल ढकालले निरकुमार राईलाई दिएको पास आडमा डोम्बियाले नियन्त्रणमा लिएका थिए। आडमाले अर्का डिफेन्डर सविन थापलाई दिएको बल थापासम्म पुग्नै नपाई सुमन लामाले प्रहार गरे।

गोलकिपर युया कुरियामा बल नियन्त्रणका लागि अघि बढिसकेको अवस्थामा सुमनले खाली पोस्टमा सजिलै गोल गरे। यससँगै पहिले मिनेटमै पुलिसले खेलमा अग्रता बनाएको थियो।

जारी लिगमा यो सबैभन्दा छिटो भएको गोलसमेत हो। उपलब्ध जानकारी हेर्ने हो भने २०५७ सालको लिगमा सबैभन्दा छिटो अर्थात् १८ सेकेन्डमा गोल भएको थियो। त्यो गोल गर्ने दीपक अमात्य थिए।

उनले अझै त्यो गोल बिर्सिएका छैनन्। पत्रकार हिमेशरत्न बज्राचार्यसँगको कुराकानीमा उनले त्यो गोलको सम्झना गरेका छन्। ‘त्यो गोल १८ सेकेन्डमा भएको थियो। अनन्तराज थापाले मलाई पास दिएका थिए। मैले ३० यार्ड जतिबाट हानेको बल पोस्टको बायाँ कुनाको माथिबाट पोस्टमा छिरेको थियो,’ उनले भनेका छन्। त्यो गोल उनले थ्रीस्टारका लागि गरेका थिए। अमात्यले सात गोल गरेको त्यो लिग उनको अन्तिम ‘ए’ डिभिजन लिग थियो।

National life insurance

संयोग के छ भने त्यो गोलको एसिस्ट गर्ने अनन्त अहिले पुलिसका मुख्य प्रशिक्षक छन्। उनले त्यो गोल टचलाइन बसेर हेरेका मात्र छैनन्, उत्सव पनि मनाएका छन्। अनन्तले भने त्यो गोल धेरै पहिले भएकोले आफूले बिर्सिएको बताएका छन्। उनले भने, ‘त्यो थ्रीस्टारमा हुँदाको कुरा हो। मैले त बिर्सिसकेँ नि। धेरै पहिलेको हो, सानै हुँदाको।’

मंगलबार दशरथ रंगशालामा भएको २५ सेकेन्डको त्यो गोलपछि पनि पुलिसले अग्रता दोब्बर बनाउने प्रयास नगरेको होइन, तर सकेन। खेलको २७ औं मिनेटमा रविशंकर पासवानले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार गोलकिपर कुरियामाले मुस्किलले बचाएका थिए। यो पुलिसले पहिलो हाफमा गुमाएको सुनौलो अवसर थियो।

दशरथ रंगशालामा मंगलबार दिउँसो सम्पन्न खेल धेरै रोमाञ्चक नभए पनि प्रतिस्पर्धात्मक भने रह्यो। पुलिसले खेलको २५ सेकेन्डमै बनाएको अग्रता एपीएफले ४० औं मिनेटमा तोडेको थियो।

त्यस्तै, ३७ औं मिनेटमा गोल लिएर अघि बढिरहेको अवस्थामा रवीलाई एपीएफका सविनले प्रहार गर्नबाट रोकेका थिए। खेलपछि पुलिसका प्रशिक्षक अनन्तले समग्रमा खेल राम्रो भएको बताएका छन्। उनले भने, ‘हाम्रो लागि खेल राम्रो भयो। ऊसँग तीन विदेशी खेलाडी पनि थिए। हामी नेपाली खेलाडी मात्र भयौं। त्यो हिसाबले त हामीले रोक्यौं। राम्रो टिमलाई राम्रो नै फाइट दियौं। हामीले प्रयास पनि गरेको हो तर सकेनौं।’

यता, एपीएफले ४० औं मिनेटमा अग्रता तोड्यो। पुलिसका डिफेन्डरले क्लियर गरेको बल नियन्त्रणमा लिँदै प्रदीप लामाले खेलको ४० औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए। गोलकिपर सत्रुघन कुमार चौधरीले बचाउको प्रयास गरे पनि सकेनन्।

त्यसअघि खेलको १५ औं मिनेटमा प्रदीप लामाले गरेको प्रहार पोस्टको नजिकबाट बाहिरिएको थियो। त्यस्तै, इन्ज्युरी समयमा नविन लामाले गरेको प्रहार पनि डेभिएट भएर बाहिरिएको थियो।

दोस्रो हाफको ५६ औं मिनेटमा एपीएफका अरमान्ड बिडोमले पेनाल्टी बक्स भित्रबाटै प्रहार गर्न सकेनन्। गोलको नजिकको अवसरबाट एपीएफ चुक्यो। ६० आंै मिनेटमा एपीएफले अर्को त्यस्तै अवसर गुमायो। खेलमा राजन गुरुङ म्यान अफ दि म्याच बने।

यो बराबरीसँगै पुलिसले १२ अंक बनाएको छ भने एपीएफको १५ अंक रहेको छ। यी दुई क्लब क्रमशः ११ औं र आठौं स्थानमा छन्।

एपीएफका प्रशिक्षक कुमार थापाले भने आजको बराबरीबाट आफू असन्तुष्ट रहेको बताएका छन्। उनले भने, ‘हामी सन्तुष्ट छैनौं। हामीले त तीन खेलअघिको जस्तो खेल्यौं। डिफेन्सिभ र अफेन्सिभमै राम्रो भएन। न फिनिसिङ नै राम्रो भयो। त्यसैले एकदम निराश छौं। आज जितेको भए एक लेभलमा पुथ्यौँ। लक्ष्य पूरा गर्ने बाटोमा हुन्थ्यौँ।’

त्यसो त एपीएफले लिगमा चौथोदेखि आठौं स्थानसम्म रहने लक्ष्य राखेको थियो। सुरुआति अवस्थामा त्यो पूरा हुने अवस्था नदेखिएको भए पनि उसले पछिल्लो खेलमा राम्रो गरिरहेको छ। उसले राम्रो गरेको तीन विदेशी खेलाडी भित्र्याएपछि हो।

‘हामी निरन्तर उकालो लागिरहेको टिम थियौँ। तर आज हामी तीन खेलपछि डाउनफल भएको महसुस गरेको छु। म धेरै निराश छु। खेलाडीको मेन्टालिटी रेलिगेसनबाट जोगिएकोमा खुसी भएजस्तो देखियो,’ थापाले भने।

पछिल्लो खेलमा मनाङ मर्स्याङ्दीजस्तो बलियो टिमलाई हराएको एपीएफले त्यसअघि संकटालाई हराएको थियो। त्यो जितले उसलाई रेलिगेसनबाट पनि जोगाएको थियो। रेलिगेसनबाट सुरक्षित भएपछि खलाडीले कमजोर खेलेको प्रशिक्षक थापाको आकलन छ।

थापाको असन्तुष्टि यसकारण पनि रह्यो कि अहिले एपीएफको लक्ष्य फेरिएको छ। विदेशी खेलाडी ल्याएपछि उसको लक्ष्य शीर्ष चारदेखि छ सम्म रहने भन्ने छ। ‘टप फोरमा पर्ने सम्भावना थियो तर आजको खेल प्रतिस्पर्धात्मक पनि थियो। लक्ष्य चारदेखि आठसम्म हुने थियो। विदेशी ल्याएपछि चारदेखि छैटौं स्थानसम्म पुग्ने बन्यो,’ उनले भने।

उनले आज सुमन लामाले गरेको गोल लिगको फस्टेस्ट गोल भएको आंकलन गरे। ‘हाम्रो डिफेन्डरले सुरुमै केयरलेस गरे। राजन गुरुङ र पेपे (आडमा)को केयरलेसले गोल भएको हो। त्यतिबेला गोलकिपरले बुझ्ने अवसर नै पाएनन्। पछि प्रदीपले नफर्काएको भए त गाह्रो हुने थियो। तर धन्न बराबरी हुन पुग्यो,’ उनले भने।

प्रकाशित: Feb 22, 2022| 16:25 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।