काठमाडौं – युएईविरुद्ध नेपालका जितेन्द्र मुखियाले पहिलो विकेट लिए। उनले दोस्रो ओभरको चौथो बलमा यूएईका चिराग पुरीलाई आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए।
युएईको ओपनिङमा चिरागसँगै मुहम्मद वासिम आएका थिए। चिरागले भने पाँच बलमा चार रन मात्र बनाउन सके। यससँगै नेपालले सहज सुरुआत गरेको थियो।
आज नेपालले टस हारेर बलिङको अवसर पाएको थियो।