बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ को नाम 'किरात–लिम्बुवान–मधेस–शेपालुङ' राख्न प्रस्ताव

प्रदेश १ को नाम 'किरात–लिम्बुवान–मधेस–शेपालुङ' राख्न प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

विराटनगर– जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ। 

Kumaribank

पछिल्लो समय प्रदेश नामाकरणको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो। 

जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले आज विज्ञप्ति जारी गरी प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३–२४ गते नै निर्णय गरिएको स्मरण गराउँदै प्रदेश १ को नामाकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख छ। 

हाल प्रदेशको नाममकरणबारे भइरहेको बहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको उल्लेख छ। 

आज नै प्रदेश १ सरकारले प्रदेशको नामाकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, संसदीय दलका नेताहरु सहभागी हुनेछन्।

Metro Mart

प्रकाशित: Feb 22, 2022| 13:02 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।