शुक्रबार, फागुन २२, २०८२

ललितपुर मेयर महिला च्याम्पियनसिपमा पहिलो दिन दुई खेल हुँदै

ललितपुर महागरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ(क्यान) ले आयोजना गरेको प्रतियोगिता मंगलबारबाट सुरु हुन लागेको हो।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- ललितपुर मेयर महिला च्याम्पियनसप टी २० क्रिकेट आजबाट कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ।

ललितपुर महागरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ(क्यान) ले आयोजना गरेको प्रतियोगिता मंगलबारबाट सुरु हुन लागेको हो।

प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर मेयर ११ टिमले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ। यो खेल विहान ९ बजे सुरु हुनेछ। त्यस्तै, दिउँसो एक बजेबाट सुरु हुने खेलमा प्रदेश १ ले एपीएफको सामना गर्नेछ।

पछिल्लो समय फाप्ला क्रिकेट मैदानमा भएको प्रतियोगितामा एपीएफले उपाधि जितेको थियो। त्यहि प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिम र बाँकी टिमबाट छनोट गरिएका टिम मिलाएर मेयर ११ टिम बनाइएको छ।

तिनै पाँच टिमले यो च्याम्पियनसिप खेल्नेछन्। च्याम्पियनसिपमा पाँच टिमले राउन्ड रोबिन शैलीमा खेल्नेछन् र शीर्ष चार टिम सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलमा जित निकाल्ने टिमले फागुन १६ गते उपाधिका लागि खेल्नेछन्।

kumari

यस्तो छ तालिकाः



प्रकाशित: Feb 22, 2022| 09:05 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।