शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिग : विभागीय डर्बीमा एपीएफ र पुलिस भिड्दै, आर्मीले संकटाको सामना गर्ने

ए डिभिजन लिग : विभागीय डर्बीमा एपीएफ र पुलिस भिड्दै, आर्मीले संकटाको सामना गर्ने

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने विभागीय डर्बीमा नेपाल पुलिस क्लबले एपीएफ क्लबको सामना गर्नेछ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १२औं चरणका अन्तिम खेल आज हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने विभागीय डर्बीमा नेपाल पुलिस क्लबले एपीएफ क्लबको सामना गर्नेछ।

अंकतालिका र्हेर्ने हो भने दुवै टिम औसतभन्दा तल छन्। यद्यपी पुलिसभन्दा एपीएफ अगाडि छ। ११ अंक बनाएको पुलिस ११औं स्थानमा छ भने १४ अंक भएको एपीएफ आठौं स्थानमा छ। त्यसो त एपीएफले सुरुबाटै आठौं स्थानका लागि खेलिरहेको थियो। पछिल्लो वर्ष रेलिगेसनबाट बँच्नका लागि ठूलो संघर्ष गरेको एपीएफले यो सिजनको लिग सुरु हुँदा त्यस्तै संघर्ष गर्नुपरेको थियो।

तर विदेशी खेलाडी ल्याएर र आफ्नो टिममा केहि परिवर्तन गरेर उसले पछिल्लो समय उत्कृष्ट नतिजा निकालिरहेको छ। त्यसैले एपीएफ त्यो लय कायम राख्न चाहन्छ।

यता पुलिस शीर्ष तीनको लक्ष्यका साथ लिगमा होमिए पनि उसले रेलिगेसनको संघर्ष गर्नुपर्यो। त्यसैले आजको खेलमा जित निकाल्दै एपीएफ एक स्थान सुधार गर्न चाहन्छ भने पुलिस पनि स्थान सुधार गर्ने बाटोमा हुनेछ।

मंगलबार पौने पाँच बजे हुने खेलमा भने त्रिभुवन आर्मी क्लबले संकटाक्लबको सामाना गर्नेछ। लिगको सुरुआतमा लामो समय हार नबेहोरेको संकटाले पछिल्लो समय दुई हारको सामना गरिसकेको छ।

kumari

यता, मछिन्द्रपछि अहिले एकमात्र अपराजित क्लब आर्मी हो। आर्मीले सात खेलमा बराबरी गरे पनि हार भने बेहोरेको छैन। अहिले आर्मी चौथो स्थानमा छ त्यसैले ऊ अब आफ्नो स्थान सुधार गर्न चाहन्छ। आजको खेलमा जित निकाल्न सके आर्मी दोस्रो स्थानमा पुग्नेछ।

लिग सकिन एक खेलअगावै उसले दोस्रो स्थान सुरक्षा गरे आर्मी लक्ष्यमा कायम रहनेछ। यता संकटाको लक्ष्य भनेको तेस्रो स्थान हो। तर ऊ अहिले १५ अंकका साथ सातौं स्थानमा छ। दुई हारबाट गुज्रिएको संकटाले लक्ष्य भेट्टाउने सम्भावना किनै कम छ। किनभने आज जित निकाल्न सके पनि संकटा सातौं स्थानमै कायम रहनेछ।

प्रकाशित: Feb 22, 2022| 08:32 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।