आइतबार, मंसिर ७, २०८२

विश्वकपमा पुग्न नेपालले यूएईलाई हराउनुपर्ने

यसैकारण नेपाली टिमले हिजो क्यानडाविरुद्ध जित निकालेको केहि समयमै अभ्यास थालेको थियो। नेपाली टिमका मूख्य प्रशिक्षक पुबुदु दाशानायकेले पनि आफ्नो ध्यान आजको खेलमा रहेको बताएका छन्।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं- टी २० विश्वकप छनोटअन्तर्गत आज नेपालले यूएईको सामना गर्दैछ। छनोटमा अपराजित रहेको एकमात्र टिम नेपालले खेलमा जित निकाल्न सके यहि वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप खेल्न पाउनेछ।

National life

यसैकारण नेपाली टिमले हिजो क्यानडाविरुद्ध जित निकालेको केहि समयमै अभ्यास थालेको थियो। नेपाली टिमका मूख्य प्रशिक्षक पुबुदु दाशानायकेले पनि आफ्नो ध्यान आजको खेलमा रहेको बताएका छन्। 

‘एक टिमका रुपमा हामीले राम्रो गर्छौं। खेलाडीहरु पुरा तयार छन्। यो प्रतियोगिताको कुनै टिम पनि कमजोर छैनन। यूएई धेरै राम्रो टिम हो। यो खेल प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण छ,’ पुबुदुले यूएईविरुद्धको खेलबारे भनेका छन्, ‘यो ठूलो खेल भए पनि हाम्रो लागि नर्मल खेल हुन्छ। हामी साधारण रुपमा खेल्छौं। त्यसका लागि हामी तयार छौं।’

उनले चारदेशीय सिरिजबाट सिकेर पनि राम्रो फिल्ङिड गरेको पुबुदु बताउछन्। सुरुमा ओमनमा वातावरण फरक परेकाले केहि सारो परेको र पछि मिल्दै गएको बताएका छन्। उनले यूएईविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङ तिनै क्षेत्रमा राम्रो प्रस्तुति दिने बताएका छन्।

सबैको सानो साने प्रयासले सेमिफाइनलमा पूग्न सफ भएको बताउँदै सन्दिपले यूएईविरुद्ध बलियो योजना बनाउने र जित्ने लक्ष्य रहेबो बताएका छन्। उनले भने, ‘हामी सतप्रतिसत दिन्छौं। हामीलाई एक मात्र जित आवश्यक छ।’

त्यस्तै, नेपाली टिमका कप्तान सन्दिप लामिछानेले दिपेन्द्रको खेलले पुरा टिम नै प्रेरित भएको बताएका छन्। उनले भने, ‘हामीले चारदेशिय सिरिजमा धेरै गल्ती गरेका थियौँ। तर त्यो सुधार भएको छ। दिपेन्द्र सिंह ऐरीको खेलले पुरा टिमको मोटिभेसन नै बदलिएको छ।’

Laxmi sunrise bank
kumari

‘हामीले यूएईको खेल हेरेका छौं। दुवै टिमलाई एक अर्काको बारेमा थाहा छ। आज निकै जानकार छौं। हामी अब पुरा बलका साथ खेलिरहेका छौं। यूएईविरुद्ध धेरै सोच्नुपर्ने छैन,’ सन्दिपले भने।

सबैको सानो साने प्रयासले सेमिफाइनलमा पूग्न सफ भएको बताउँदै सन्दिपले यूएईविरुद्ध बलियो योजना बनाउने र जित्ने लक्ष्य रहेबो बताएका छन्। उनले भने, ‘हामी सतप्रतिसत दिन्छौं। हामीलाई एक मात्र जित आवश्यक छ।’

जारी विश्वकप छनोटको समूह बीमा परेको नेपालले आफ्नो समूहको तिन टिमलाई नै हाराएको थियो। नेपालले फिलिपिन्समाथि १३६ रनको सानदार जित निकालेको थियो भने क्यानडालाई आठ विकेटले हराएको थियो। त्यस्तै ओमनलाई ३९ रनले हराएको थियो। नेपाल र यूएईको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ।

प्रकाशित: Feb 22, 2022| 08:07 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।