शुक्रबार, फागुन २२, २०८२

रोयल उपाधि नजिक

रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा सोमबार फाइनलमा प्रवेश गरेको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा सोमबार फाइनलमा प्रवेश गरेको छ।

पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शत प्रतिशत जित आत्मासात् गर्दै विजेताका रुपमा रोयल फाइनलमा पुगेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो अन्तिम लिगमा रोयलले रुपन्देहीलाई ८६–४० को फराकिलो अन्तरले पराजित ग¥यो। रोयलकी मनता गुरुङले १६ अंक जोडिन्। रुपन्देहीकी दीपिका गुरुङले १४ स्कोर गरिन्। त्यसअघिका लिगमा रोयलले ललितपुर हाइ, नेपाल प्रहरी क्लब र कीर्तिपुर नगरपालिकालाई हराएको थियो।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोयल र नेपाल आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरे।

पहिलो क्वाटरफाइनलमा रोयलले कीर्तिपुर नगरपालिकालाई ७०–६४ ले पाखा लगायो। रोयलका निकेश मगर र कीर्तिपुरका सुरज खड्गीले समान १६ स्कोर गरे। दोश्रो सेमिफाइनलमा आर्मीले क्याम्पियन सोलोमाथि ७८–५६ को जित निकाल्यो। आर्मीका लागि सौरव श्रेष्ठले २३ अंक जोडे। क्याम्पियनका जसाङ सुनुवारले १२ स्कोर गरे।

kumari

प्रकाशित: Feb 21, 2022| 18:51 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।