आइतबार, मंसिर ७, २०८२

नेपाली बलरसामु टिकेन क्यानडाको ब्याटिङ, १५ ओभरमै अलआउट

ओमनमा जारी आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं– ओमनमा जारी आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। पावरप्लेमै क्यानडाले ३६ रन बनाएर चार विकेट गुमाइसकेको अवस्था थियो। त्यसो त क्यानडाका रायन पठान र नवनित धलिवलले सुरुबाटै आक्रामक ब्याटिङ गरेका थिए। पठान रनआउट भए भने १८ रन बनाएका नवनितलाइ कमल सिंह ऐरीले पेवेलियन फर्काए।

National life

कमलको त्याे दोस्रो विकेट थियो। त्यसअघि कमलले पहिलो ओभरमै क्यानडाका म्याथ्यु स्पर्सलाई आउट गराएका थिए। उनी शून्य रनमै पेवेलियन फर्किए। नेपालविरुद्ध मैदानमा उत्रिएको क्यानडाले टस जित्दै पहिले ब्याटिङ गरेर १५ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर ८० रन बनाएको छ।

ओमनको अल अमरेत मैदानमा भएको खेलमा नेपालले सुरुमा बलिङको निम्तो पाएको थियो। जहाँ, नेपालले सुरुबाटै पेचिलो बलिङ गर्यो।

नवनित र धलिवलको विकेट गएपछि क्यानडा सम्हालिनै सकेन। उसले लगातार विकेट गुमाइरह्यो। साथै यी दुई खेलाडीबाहे बाँकी खेलाडीले दोहोरो अंकमा रन पनि बनाउन सकेका थिएनन्। तर १० नम्बरमा ब्याटिङ गर्न आएका डिल्लन हेलिगरले भने क्यानडालाई केहि राहत दिए।

४४ रन बनाएर आठ विकेट गएको अवस्थामा मैदान पसेका उनले टिमको स्कोर ८० रन बनाउन सहयोग गरे। डिल्लनले २२ बलमा २४ रनको योगदान दिए। ब्याटिङमा उनले क्यानडालाई लज्जास्पद अवस्थाबाट उकासेका थिए। डिल्लनसँगै सलमन नजरले पनि १० रन बनाए।

Laxmi sunrise bank
kumari

यता नेपालले भने पहिले फिल्डिङको अवसर पाएको थियो। नेपाली बलरसामु क्यानडाका रविन्दरपल सिंहले एक, साद विन जाफरले दुई, हम्जा तारिकले एक रन जोडे। क्यानडाले कुनै ओभर पनि सम्हालिएर खेल्न सकेन। उसले सातौं नम्बरमा हर्ष ठकरलाई गुमायो भने आठौं र नवौं नम्बरमा कलिन साना र जुनैद सिद्दकीलाई गुमायो। उनीहरुले क्रमशः दुई एक र दुई रन जोडे।

नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने कमल ऐरी र अभिनास बोहराले समान दुई–दुई विकेट गिराए। त्यस्तै, कुशल मल्लले एक विकेट लिए। साद र पठान चाहिँ रनआउट भए।

ग्लोबल छनोटको सेमिफाइनलमा पुग्न यो खेल निकै महत्वपूर्ण छ। यद्यपि नेपाल रन रेटमा बलियो रहेका कारण सेमिफाइनलको नजिक भने पुगिसकेको छ। आजको खेलमा जित निकाल्न सके नेपाल समूह विजेता बन्नेछ।

आज ठूलो हार बेहोरेमा मात्र नेपाल सेमिफाइनलमा नपुग्ने सम्भावना रहन्छ। आधा खेल सकिँदा नेपालले ठूलो अन्तरमा हार बेहोर्ने सम्भावना असाध्यै कम छ।

यता समूह ए को आजै बिहान सम्पन्न खेलबाट भने यूएई र आयरल्यान्डले छनोटको सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

प्रकाशित: Feb 21, 2022| 17:04 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।